काठमाडाैं उपत्यकाकाे सभ्यता : बागमती र विष्णुमती

काठमाडाैं उपत्यकाकाे सभ्यता : बागमती र विष्णुमती

मेट्रो संवाददाता

७ साउन २०७७ २:४३

प्राचीन देशहरु मध्ये नेपाल पनि एक हो । प्राचीनकालमा काठमाडौं उपत्यका एउटा ठूलो दह हो । यसको पुष्टि यहाँको भौगोलिक बनावटबाट पनि स्पष्ट हुन्छ । काठमाडौं उपत्यकाको पानीलाई चोभारको गल्छीबाट निकास प्राप्त भइसकेपछि मात्र यहाँ मानवबस्तीको विकास भएको हो । याे तथ्यलाइ धार्मिक र वैज्ञानिक रूपले पनि पुष्टि भइसकेकाे छ ।

५० देखि ४० लाख वर्षअगाडिको प्रतिनुतन युगदेखि काठमाडौं उपत्यकामा भएको पानी सुकेर जान धेरै नै समय लिएको र विभिन्न चरणमा यहाँको पानी बाहिर गएको गोकर्ण, पशुपति गौरीघाट र चोभारको गल्छीले प्रमाणित गर्छ ।

dsfadfdsfdsfds
बागमतीकाे पानी चाेभारस्थित गल्छीबाट काठमाडाैं बाहिर जान्छ । तस्बिर : मनाेजरत्न शाही

पौराणिक कथाअनुसार काठमाडौं उपत्यका तलाउ देव र दानवहरुको क्रीडास्थल हो । तलाउ सुकेपछि यहाँको जंगल देवहरुको क्रीडास्थलको रुपमा परिणत भए । पौराणिक कालदेखि विभिन्न देवदेवीहरुको क्रीडास्थल भएको काठमाडौं उपत्यकामा विभिन्न बंश र जातजातीका राजाले राज्य गरेको तथ्य वंशावली र ऐतिहासिक साहित्यमा उल्लेख भएको छ ।

हिमवत्खण्डमा ‘ज्योतिरुपे मयि क्षेत्रमेतदधदो भविष्यति ।। नागह्रद इति ख्यातं निरुद्ध वाग्मतीजलम् ।। वाग्मत्यां च नदीभूते वने जाने च मण्डले । अर्थात म ज्योतिरुप भएर बस्नेबेला यो ठाउँ ‘नागह्रद’ नामले प्रख्यात दह हुन्छ । बागमतीको पानी थुनिन्छ । पछि बागमतीको पानीले निकास पाएपछि यो ठाउँ जङ्गल हुन्छ भनेर बागमतीको बारेमा उल्लेख गरिएको पाइन्छ ।

करिब १३ करोडवर्षआगाडि अस्तित्वमा भएका नेपालका पर्वत श्रृंखला र उपत्यकामा १ करोडवर्षअगाडिदेखि जीवको अस्तित्व भएको कुरा बुटवल क्षेत्रमा भेटिएको रामापिथेकस अवशेषले पुष्टि गर्छ । पाषाणमा प्राप्त विभिन्न हतियारबाट नेपालको यत्रतत्र प्रागऐतिहासिक मानवहरुको वसोवास भइसकेको तथ्य स्पष्ट भइसकेको छ । बागमती, विष्णुमती, नारायणी, कोशी आदी नदीको किनारमा तथा बर्दिया, दोलखा, काठमाडौं उपत्यका, नवलपरासी, काभ्रेपलाञ्चोक, मोरङ, झापा, पाल्पा आदि क्षेत्रमा प्रागऐतिहासिक मानवको बसोबास भएको स्पष्ट प्रमाण छन् । पछि यि सबैको केन्द्र काठमाडौं उपत्यका भयो ।

विश्व इतिहासमा प्राचीन सभ्यताहरु कुनै न कुनै नदीको किनारामा विकास भएको पाइन्छ । इसापूर्व दश हजारवर्षपहिलाको प्राचीन मिश्र (इजिप्ट) देशको सभ्यता नाइल नदी वरिपरि विकास भएको हो । मेसोपोटामियाको सुमेरियनहरुको सभ्यताको विकास टिगरिस र युफरेटर्स नदीको उपत्यकामा विकास भएको हो । ह्वाङ्ग–हो र याङ्ग–से–काङ्ग नदीको वरपर चिनियाँ सभ्यताको विकास भएको र सिन्धुघाटी सभ्यता अर्थात इन्दुज भ्याली सिभिलाइजेसन पनि पञ्जाबको सिन्धु नदीसँगै इशापूर्व १५०० वर्षअगाडि आर्यहरुले विकास गरेको इतिहास छ भनेर डेभिस एच.ए.ले आफ्नो An Outline History of the World भन्ने किताबमा लेखेका छन् ।

काठमाडौं उपत्यका पहिला पानीले भरिएको एउटा ठूलो तलाउ थियो । विभिन्न ठाउँबाट यहाँको पानी बाहिर गएपछि बनेको उपत्यका नै काठमाडौं उपत्यका हो ।इतिहासकारहरुका अनुसार जब काठमाडौं उपत्यकाको पानी बगेर बाहिर गए त्यसपछि यो एउटा उर्वर भूमिको रुपमा परिणत भएको हो ।

काठमाडौं उपत्यकाको पुरानो सभ्यताका रुप स्थापित बागमती सभ्यतालाई लिइन्छ । काठमाडौं उपत्यकाको भूमि उर्भर हुनुको मुख्य कारण बागमती र विष्णुमती नदीसँगै अरु स–साना नदी तथा खोलाले गर्दा हो । उर्वर भूमि भएकै कारण यहाँ मानवबस्तीको विकास भएको हो । मानवबस्तीको विकास हुने क्रममा बनेको सभ्यतालाई नै बागमती सभ्यता भनिन्छ ।

परापूर्वकालदेखि बागमती नदी र विष्णुमती नदीबाट सिञ्चित भूमि नै बागमती सभ्यता हो । यस पूण्य भूमिको एकातिर ज्यातिर्लिङ्ग पशुपतिनाथ छ भने अर्कोतिर ज्योतिरुप स्वयम्भूनाथ छ ।

इसापूर्व दोश्रो वा पहिलो शताब्दीभन्दा पहिलेको बागमती सभ्यताको विकासका कुनै प्रमाण फेला परेको छैन । सन् १९८४ देखि १९८९ सम्म हाँडीगाउँमा भएको उत्खनन्ले बागमती सभ्यताको उद्गमस्थल नै बागमती नदीको शाखा नदी धोवीखोलाको नजिकैको हाँडीगाउँ, मालीगाउँ र विशालनगर भएको देखाउँछ । त्यसपछि दक्षिण भेगमा बागमती नदीको आसपास ब्रम्हटोल, ह्यूमत, लगन, जैशिदेगल आदी स्थानमा विस्तारै बस्ती विकास भएको हो ।

बागमती सभ्यताका अध्ययता डा. साफल्य अमात्यका अनुसार नेपालमा बागमती सभ्यताको विकास भने पूर्वमा पशुपति आर्यघाटमा बग्ने बागमती नदी, दक्षिणमा बागमती नदी, बागमती, विष्णुमतीको संगम टेकु दोभान र पश्चिममा विष्णुमती नदी भित्रको भूभागमा भएको हो । इतिहासकार शिरोमणी बाबुराम आचार्यका अनुसार इशापूर्व ७५० मा काठमाडौं उपत्यकामा सभ्यताको सुरु भइसकेको छ । काठमाडौं उपत्यकामा भएका सूर्यमूर्तिहरुमा कुशाण राजाहरु (इर्शापूर्व १८५–६३) को भेषभूषा सजिएको पाइन्छ । यसले इशापूर्वको दोश्रो शताब्दीको उतारर्ढमा यहाँ बागमती सभ्यताको विकास भइसकेको थाहा पाउँछ ।

बागमती र विष्णुमती नदीकाे मिलन हुने टेकु दाेभान । तस्बिर : मनाेजरत्न शाही

अमात्यका अनुसार काठमाडौं उपत्यकामा जति पनि धर्म, कला र संस्कृतिको विकास भयो, जति पनि वास्तुकला, मूर्तिकला विकास भयो त्यो सबैको श्रेय यहाँ विकास भएको सभ्यतालाई नै जान्छ । काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो सभ्यता भनेको बागमती सभ्यता हो, जुन बागमती र विष्णुमती नदीको किनारामा विकास भएको हो । यी नदीको पानीले गर्दा यहाँका भूमि उर्वर भई खाद्यान्न र अमृतजलको उपभोग गर्ने अवसर पाएका कारणले नै यहाँ मानवबस्तीको विकास सम्भव भएको हो ।

वराह पुराणमा हिमशिखरबाट बगेकाे बागमतीलाइ गंगाभन्दा सयाैंगुणा पवित्र भएकाे उल्लेख गरिएकाे छ । बागमतीकाे जल ग्रहण गरेमा वा बागमतीमा स्नान गरेकाे खण्डमा सात पुस्तालाइ मुक्ति मिल्छ ।

हिन्दु धर्मका अनुसार विष्णुकाे पाउबाट अएकाे पानी र बाैद्धधर्मका अनुसार भिक्षुहरूकाे केश बगाउन प्रयाेग भएकाे पानी नै विष्णुमती हाे । स्वयम्भू पुराणमा क्रकुच्छन्द बुद्धले मुखबाट निकालेकाे पानी बागमती र भिक्षुहरूकाे केश बगाउन प्रयाेग भएकाे पानी केशावती अर्थात विष्णुमती भनेर लेखिएकाे छ ।

सारा नेपालीको आस्था एवं विश्वासको केन्द्रबिन्दु बागमती नदीकाे उद्गम स्थल शिवपुरी जलाधार क्षेत्रको बागद्वार हाे ।  

बागमती नदीमा विष्णुमती, टुकुचा, धोबीखोला, मनहरा, हनुमन्ते, कोड्कु, बल्खु र नख्खु खोला मिसिएका छन् । ढल सीधै नदीमा मिसाइएका कारण कुनै बेलाको स्वच्छ बागमती अहिले प्रदूषित बनेको हो ।

साथै बागमती काेरिडाेर र विष्णुमती काेरिडाेर बाटाेले गर्दा यी नदीहरू खुम्चिन पुगेकाे छ। साथै यी नदीले छाेडेका भूभागहरू अहिले अतिक्रमणमा परेका छन् । इतिहासकाे कालखण्डमा विशेष स्थान भएका यी दुइ नदीहरूकाे बहावलाइ विभिन्न ठाउँमा ताेडमाेड गरिएकाे छ । काठमाडाैं उपत्यकाकाे मानव सभ्यताकाे सुरूवात हुनुकाे कारकतत्व भएका यी दुइ नदी अहिले विभिन्न बहानामा अतिक्रमित हुन थालेकाे छ ।

टेकु दाेभान र बल्खुपुल बीचकाे अतिक्रमित भूभाग । तस्बिर : मनाेजरत्न शाही

२०७३ सालकाे एक रिपार्टका अनुसार बागमती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् । विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौँ उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको जनआन्दोलन २०६२/६३ पछि नदी अतिक्रमण वृद्धि भएको रिपाेर्टमा उल्लेख छ । 

सिनामङ्गल पुलमुनिको वाग्मती नदी किनारमा आठ, सिनामङ्गलको गुह्येश्वरी विद्यालय नजिक ४०, सिनामङ्गल गैरीगाउँमा ६०, सिनामङ्गल जागृतिनगरमा २००, नयाँ बानेश्वर शान्तिनगरमा ४००, शङ्खमूलमा १००, थापाथलीमा १०८ र बल्खुमा ३१८ परिवारले नदी किनारकाे जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरेका छन् ।  

यसैगरी विष्णुमती नदी किनारको महादेव खोलामा ७० र बालाजु क्षेत्रमा १५५ परिवारले नदी किनार अतिक्रमण गरेका छन् । अतिक्रमणलाई राजनीतिक संरक्षण दिई राज्यका सम्बन्धित निकायबाट बिजुली र पानीको लाइन एवम् मतदानको अधिकार प्रदान गरी आधिकारिकता दिइएको पाइन्छ ।

जीवनयापनको आधार मात्रै नभई मृत्युपश्चात मुक्ति मोक्षको लागि पार्थिव शरीर जलाइसकेपछिको खरानीलाई विसर्जन गर्ने आधार पनि यही बागमती विष्णुमती नदी हो । काठमाडौं उपत्यकामा मानव सभ्यताको सुरुदेखि नै बागमती र विष्णुमती नदी जोडिएको छ । यो सभ्यताको सम्बन्धलाई कालान्तरसम्म बचाई राख्न बागमती र विष्णुमती नदीलाई निर्वाध ढंगले बग्न दिनु आजको आवश्यकता हो । अनि यो बागमती सभ्यतालाई बचाउने जिम्मा केवल काठमाडौंबासी वा उपत्यकावासीको मात्र नभई सिंगो नेपाल राष्ट्रको हो ।

लेखक नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडाैं जिल्लाका अध्यक्ष हुन् ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता