मेट्रो संवाददाता
३ असार २०७८ १७:०२
काठमाडौं, असार ३ । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा गएको पहिरोका पीडितहरुलाई काठमाडौं महानगरपालिकाले आपतकालीन सहयोगका लागि दुई करोड रुपियाँ दिने निर्णय गरेको छ । आज बसेको ९ औं अधिवेशन तथा नगरसभाको बैठकले पीडित परिवारलाई उक्त रकम दिने निर्णय भएको काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य पासाङ नुर्वु लामाले जानकारी दिनुभयो ।
मनसुन नेपाल प्रवेश गरेसँगै सक्रिय भएको मनसुनका कारण मेलम्ची र इन्द्रावती नदीमा बाढी आउँदा सात जनाको मृत्यु भएको छ भने ६ जना विदेशी नागरिकसहित २० जना बेपत्ता भएको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले बिहिबार विज्ञप्ति जारी गरेर जनाएको छ । अझै क्षतिको विवरण आउने क्रममा रहेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । काठमाडौं महानगरले यस अघि पनि कोरोना भाइरस नियन्त्रणका लागि अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको थियो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


