काठमाडौं उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकाका सिडिओहरूकाे बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

मेट्रो संवाददाता

६ असार २०७८ १०:०१

काठमाडौं । आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठक अपरान्ह ३ बजेतिर बस्नेछ । 

बैठकमा जारी निषेधाज्ञा थप गर्ने, कुन-कुन क्षेत्र खुलाउने, कुन क्षेत्र बन्द गर्ने, मोडालिटीबारे छलफल हुने जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताकाे जनपाती अनलाइनले जनाएकाे छ । 

निषेधाज्ञा सात देखि दश दिनसम्म थप्ने तयारी रहेको उनले बताए । अवको थप निषेधाज्ञामा फेन्सी,भाडा लगायत भीडभाड् नहुँने व्यवसाय चलाउन दिने तयारी भएको उनको भनाई छ ।

कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा एक साता बढाउने तयारी छ। सरकारले असार ७ गतेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरिसकेको छ । 

जोररबिजोर कायम हुने गरी सवारी साधन चल्न दिने, सरकारी कार्यालयमा भिड कम गर्न सातामा दुई दिन बिदा दिनेजस्ता विषयमा पनि छलफल हुनेछ । 

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता