मेट्रो संवाददाता
६ असार २०७८ १३:३९
काठमाडाैं, असार ५ । कोभिड– १९ नियन्त्रण तथा रोकथामको लागि सञ्चालित परमो धर्म अभियानलाई भक्तपुरमा तीब्र बनाइएको छ ।
विभिन्न संघसंस्थाहरूको सहकार्यमा भक्तपुर चेम्बर अफ कमर्स तथा भक्तपुर लायन्स सेवा समन्वय समितिले संयोजन गरेको अभियान अन्तर्गत अहिले सप्ताहव्यापी आकस्मिक रक्तदान कार्यक्रम भइरहेको छ ।
रगत संकलन गर्ने कार्यक्रममा ब्लोडान भक्तपुर र पायोनियर ओपन क्रूले सहकार्य गरेको छ । अभियान अन्तर्गत थिमिको बालकुमारी (क्वलाखु) मा सम्पन्न रक्तदान कार्यक्रममा ४८ जना महानुभावहरुले रगत दान गरेका छन् ।
‘हामीले स्वास्थ्य सुरक्षाको मापदण्डलाई मध्यनगर गरि रगत अभावको समस्यालाई पूर्ति गर्ने उद्देश्यले आकस्मिक रक्तदान कार्यक्रम गरेका छौं’, कार्यक्रम संयोजक तथा भक्तपुर चेम्बरका सदस्य जगत बहादुर श्रेष्ठले बताए ।
निषेधाज्ञा जारी भएको अवस्थामा रगत संकलन गर्नु सजिलो विषय नभएको उनको तर्क थियो । त्यसैले सीमित समयावधिमा रक्तदाताको संख्या बढाउनको लागि मौखिक रूपमा आग्रह गर्नुपरेको संयोजक श्रेष्ठले बताए ।
कोभिड बिरामीको लागि चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा लिन हटलाइन नं. ९८६१७५६४६१ सम्पर्क गर्न सकिने छ ।
भर्चुअल प्रविधिमार्फत सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गरि चिकित्सकीय परामर्शको लागि बिहान ७ देखि ९ बजेसम्म सम्पर्क गर्न सकिने गरी ९७४२८८२९६२, ९७४२८८२९६३ र ९७४२८८२९६४ हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


