हट्यो जोरबिजोर प्रणाली, असार ३१ सम्म थप निषेधाज्ञा

हट्यो जोरबिजोर प्रणाली, असार ३१ सम्म थप निषेधाज्ञा

मेट्रो संवाददाता

२० असार २०७८ १८:५५

काठमाडौं, २० असार २०७८ । 


कोरोना (कोभिड–१९) नियन्त्रणका लागि काठमाडौं उपत्यकामा असार ३१ गते सम्मको लागि निषेधाज्ञा थप गरिएकाे छ ।

जारी निषेधाज्ञामा सार्वजनिक यातायात जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ।

असार ३१ गते सम्मको लागि थप गरिएकाे निषेधाज्ञा अवधिमा माइक्रो बस र टेम्पो चलाउन दिने निर्णय काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेकाे छ ।

अव थपिएको निषेधाज्ञामा माइक्रो बस र टेम्पो चलाउन पाउने छन् । लामो दूरीका सार्वजनिक यातायात भने जिल्ला प्रशासन कार्यालयको पास लिएर मात्र सञ्चालन गर्न पाउने छ ।

यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ । गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ ।

काठमाडौँ उपत्यकालगायत तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय सङ्क्रमित फेला परेमा निषेधाज्ञा जारी गर्न निर्देशन दिएको थियो ।

सरकारले कोभिड–१९ सङ्क्रमण महामारी रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि वैशाख १६ बाट क्रमशः निषेधाज्ञा जारी गरिएको हो भने पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि भोलि (सोमबार) राति १२ पछि सकिँदैछ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता