कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को “सिग्नेचर म्यूजिक” तयार

कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को “सिग्नेचर म्यूजिक” तयार

मेट्रो संवाददाता

२ कार्तिक २०७८ १७:१२

कीर्तिपुर नगरपालिकाद्वारा नेपाल संवत् ११४२ को उपलक्ष्यमा आयोजना हुने कीर्तिपुर सिङ्गिङ आइडल–११४२ का लागि “सिग्नेचर म्युजिक” तयार भएको छ । नगरपालिकाले नगरका १४ वर्ष पूरा भई ३० वर्ष ननाघेका युवा गायक गायिकाहरूलाई सांगितिक क्षेत्रमा आकर्षित गर्न आयोजना गरेको यस प्रतियोगताको प्रचार प्रसारका साथै विभिन्न स्थानमा यस सम्बन्धी जानकारी दिन यो म्यूजिक तयार गरेको हो ।

यही असोज २७ गते महाष्टमीका दिन यस प्रतियोगिता समितिका संयोजक हरिशरण साय्मिको आफ्नै स्टुडियो स्ट्रिङ्ग्स स्टुडियो, अनामनगरमा रेकर्ड गरेको यस म्यूजिकमा समितिका सदस्यहरू तथा कीर्तिपुरका लोकप्रिय कलाकारहरू सतिश महर्जन, राजेश महर्जन, सविन श्रेष्ठ, सन्तोष महर्जन, कृष्णहरिमहर्जन, रुविन श्रेष्ठ, स्वस्ती महर्जन, रानीशोभा महर्जन, रत्नशोभा महर्जन, रिता महर्जन, राजु महर्जन, न्हुच्छे दर्शनधारीलगायतले विभिन्न बाजाहरूका साथै स्वर दिई रेकर्ड गरिएको हो ।

यस प्रतियोगितामा भाग लिन कीर्तिपुर नगरपालिकाको आधिकारीक वेवसाईट मा अनलाइन फारम भर्न अनुरोध गरेको छ भने नगर सन्देश र कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फेसबुक पेज पनि हेर्न अनुरोध गरेको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता