मेट्रो संवाददाता
१८ असार २०८१ १०:५७
काठमाडौं/ वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरको स्मृतिमा बालसाहित्य प्रतियोगिता भएको छ ।
काठमाडौं महानगरपालिका २३ वडाको आयोजनामा महानगरब्यापी स्कूलस्तरीय निबन्ध तथा कविता प्रतियोगिता भएको हो । साहित्यकार मानन्धर २३ वडाका पूर्व अध्यक्ष पनि हुन् ।
कक्षा ६ र ७ तथा कक्षा ८-९ गरि दुई समूहमा भएको प्रतियोगितामा कक्षा ८-९ तर्फ निबन्धमा फ्युचरस्टार इंग्लिस सेकेन्डरी स्कूल, कक्षा ८ का श्रेया पराजुली प्रथम, विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय कक्षा ९ की प्रकृति चौहान द्वितीय, श्री रत्नराज्य मावि, कक्षा ८ का सम्पदा थापा तृतीय र जगतसुन्दर ब्वनेकुथि, कक्षा ९ का कजना श्रेष्ठ सान्त्वना भए ।

त्यस्तै कविता तर्फ ज्ञानोदय मावि, कक्षा ८ का सद्भाव ज्ञावली प्रथम, कक्षा ९ का अनिश विष्ट द्वितीय, श्री महांकाल मावि कक्षा ९ का अंजली गुप्ता तृतीय र शान्ति निकुञ्ज मावि, कक्षा ९ का सविना न्यौपाने सान्त्वना पुरस्कार प्राप्त गरे ।
कक्षा ६-७ तर्फ निबन्धमा श्री महांकाल मावि कक्षा ७ का सपना श्रेष्ठ प्रथम, नेपाल युवक स्कुल कक्षा ६ का आएशा खातुन द्वितीय, कन्या मन्दिर मावि, कक्षा ७ का करुणा नेपाल तृतीय र श्री जनकल्याण मावि कक्षा ६ का युवराज शाह सात्वना भए । त्यस्तै कविता तर्फ जगतसुन्दर ब्वनेकुथि कक्षा ६ का निभा श्रेष्ठ प्रथम, श्री रत्नराज्य मावि कक्षा ७ का हिरा कुँवर द्वितीय, कंकेश्वरी आधारभूत विद्यालय कक्षा ७ का बिल्कस खातुन तृतीय र शान्ति निकुञ्ज मावि कक्षा ६ का सुष्मा माझी सान्त्वना भए ।

प्रतियोगिता कक्षा ६ र ७ तर्फ नेपालभाषामा र कक्षा ८ र ९ तर्फ नेपाली भाषामा भएको हो । कार्यक्रममा विजयी विद्यार्थीहरुले आ-आफ्नो रचना पाठ गरेको थिए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई शनिवार एक कार्यक्रम बीच काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल प्रमाणपत्र, वडा २३ का अध्यक्ष मचाराजा महर्जनले नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः जनही १० हजार, ७ हजार, ५ हजार र १५ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

वडाअध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख निणर्ायक रमेशकाजी स्थापितले निणर्य प्रक्रियाबारे जानकारी दिँदै विजयी विद्यार्थीहरुको नाम घोषणा गरेको थिए ।
कार्यक्रममा निणर्ायक मण्डलका सदस्य पूर्णिमा डंगोलले वरिष्ठ बालसाहित्यकार मानन्धरको जीवनी प्रकाश पार्नुभएको थियो भने प्रतियोगिता बारे कार्यक्रम संयोजक तथा भाषा आयोगका सदस्य सुरेश मानन्धरले जानकारी गराएका थिए ।
RECOMENDED News
Latest News
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...
१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता
टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी
♻️ टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा आउने काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माण गरेको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने...
८ साउन २०८३ १२:३० |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


