मौसमले दिएको संकेत अनुसार, अहिले धान भित्र्याउने समय नभएकोले धान नकाट्न र खेतबारीमा अनावश्यक जोखिम नलिन सुझाव दिइएको छ।
काठमाडौं: आगामी चार दिनसम्म देशभर अति भारीसम्म वर्षा हुने सम्भावना रहेको भन्दै मौसम विभागले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। मनसुन पुनः सक्रिय भएकाले बाली भित्र्याउने समय भए पनि तत्काल खेतबारीमा काम नगर्न आग्रह गरिएको हो।
मौसमविद् रोजन लामिछानेका अनुसार, बंगालको खाडीबाट प्रवेश गरेको वायूले वर्षा गराउने संकेत देखिएकाले देशका अधिकांश भागमा भारी वर्षाको सम्भावना छ। “बिहीबार बेलुकादेखि शनिबारसम्म देशभर राम्रो पानी पर्ने सम्भावना छ,” उनले भने, “खासगरी बिहीबार रातिदेखि शनिबारसम्म धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा हुन सक्छ। आइतबारबाट मात्रै सुधार हुने सम्भावना छ।”
बाढी र पहिरोको जोखिमसँगै कृषि क्षेत्रमा पनि यसले ठूलो असर पार्ने सम्भावना छ। लामिछानेले भने, “वर्षा अत्यधिक हुने सम्भावना भएकाले खेतमा जानुको साटो सतर्कता अपनाउनु उपयुक्त हुनेछ।”
यसैबीच, पश्चिम नेपालका कतिपय स्थानमा वर्षा सुरु भइसकेको छ। स्थानीय प्रशासनले पनि किसानलाई खेतमा नजान र धान भित्र्याउने काम नगर्न आग्रह गर्दै आएको छ। मौसमविद्हरुले अक्टोबरको दोस्रो सातासम्म मनसुन समाप्त हुने अनुमान गरे पनि वर्तमान परिस्थितिले त्यो सम्भावना कमजोर देखिएको छ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


