काठमाडौँ : नेपाली चाड तिहारसँगै काठमाडौँ उपत्यकामा पटका पड्काइका कारण वायु प्रदूषण बढेको छ। शुक्रबार साँझ ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अनुसार काठमाडौँको वायु गुणस्तर १६० पुगेको थियो, जसले उपत्यकालाई विश्वका प्रदूषित सहरहरूको सूचीमा आठौँ स्थानमा राखेको छ।
विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले तिहारको समयमा हुने पटका पड्काइले वायु र ध्वनी प्रदूषणमा वृद्धि गर्दै जनस्वास्थ्यमा असर पार्ने भन्दै कडाइका साथ पटका नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभएको छ। वातावरणविद्हरुले पनि पटकाबाट निस्कने सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड जस्ता विषाक्त ग्यासले श्वासप्रश्वास समस्या निम्त्याउने भन्दै सचेत रहन आग्रह गरेका छन्।
त्यस्तै, वातावरणविद् भूषण तुलाधार र अभियन्ता राजन थापाले पटकासहित सवारी साधन र तापक्रममा हुने परिवर्तनले प्रदूषणमा योगदान गरिरहेको उल्लेख गर्दै दीर्घकालीन समाधानको आवश्यकता औंल्याएका छन्।
विष्फोटक पदार्थ प्रयोगसम्बन्धी कानुनअनुसार पनि अनधिकृत रुपमा पटका पड्काउन निषेध गरिएको छ, र उल्लङ्घन गर्नेले कडा सजाय भोग्नुपर्ने व्यवस्था छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


