आज पनि वर्षाको चेतावनी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज पनि वर्षाको चेतावनी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मेट्रो संवाददाता

७ साउन २०८३ ९:५१

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशका पहाडी र हिमाली क्षेत्रमा वर्षाको क्रम जारी रहने तथा बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भन्दै प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। साथै कृषि, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले विभागका पछिल्ला मौसम सूचनामा नियमित अद्यावधिक रहन अनुरोध गरिएको छ।

आज पनि वर्षाको चेतावनी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान...

७ साउन २०८३ ९:५१ |मेट्रो संवाददाता

पीएल सिंहको प्रतिमा स्थापना, ‘इतिहास मेट्ने होइन, पुस्तान्तरण गर्ने अभियान’ : डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिका–१८ ले पूर्वमेयर स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह)को प्रतिमा तपिंताँ पार्कमा स्थापना गरेको छ। गत शनिबार...

३२ असार २०८३ ३:०१ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता