दसैंमा कस्तो रहला मौसम? यस्तो छ पूर्वानुमान

दसैंमा कस्तो रहला मौसम? यस्तो छ पूर्वानुमान

मेट्रो संवाददाता

२३ असोज २०८१ २०:०३

काठमाडौं :  दसैंको समयमा नेपालका विभिन्न भूभागमा मौसमको पूर्वानुमान जारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिनमार्फत कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जानकारी दिएको छ।

सप्तमीदेखि दशमीसम्मको मौसम
दसैंको मुख्य दिनहरू सप्तमी (२४ गते), अष्टमी-नवमी (२५ गते), र दशमी (२६ गते) मा विशेषगरी कोशी र मधेस प्रदेशमा केही स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। यसैगरी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

तापक्रम र पानी पर्ने अवस्था
अधिकांश स्थानमा मौसम आंशिक बदली रहने भए पनि ठूलो पानी पर्ने सम्भावना भने कम रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभएको छ। तापक्रम पनि सामान्यभन्दा केही तल रहने अनुमान गरिएको छ।

मनसुनको अन्त्य
यस वर्षको मनसुन असोज २० देखि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशबाट बाहिरिसकेको छ। हालसम्म कोशी, मधेस, र बागमती प्रदेशका पूर्वी भूभागमा मात्र मनसुनको प्रभाव बाँकी रहेको मौसम विभागले जनाएको छ।

अद्यावधिक जानकारीका लागि
तीन दिनको मौसम अपडेट विभागको वेबसाइटमा नियमित रूपमा उपलब्ध हुने भएकाले थप जानकारीका लागि वेबसाइट हेर्न अनुरोध गरिएको छ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता