बुधबारदेखि देशभर पुनः भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

बुधबारदेखि देशभर पुनः भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

मेट्रो संवाददाता

१४ असोज २०८१ १४:१६

काठमाडौँ : मौसम विज्ञका अनुसार बुधबारदेखि देशभर पुनः वर्षा हुने सम्भावना छ। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका उपप्राध्यापक विनोद पोखरेलले सोमबार र मंगलबार घमाइलो मौसम भए पनि बुधबारदेखि फेरि वर्षा सुरु हुने संकेत गरेका छन्।

विशेषगरी गण्डकीदेखि कोशीसम्मका क्षेत्रहरूमा अपराह्नपख वर्षा हुने अनुमान गरिएको छ। मंगलबार बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्ने भए पनि वर्षाको सम्भावना कम रहेको विज्ञहरूले जनाएका छन्।

मौसमविद्हरूका अनुसार मनसुनी वायु, बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली, र अरब सागरबाट आएको जलवाष्पयुक्त हावा मिसिँदा देशभर भारी वर्षा हुनसक्छ। यसले सम्भावित विपद् रोकथामका लागि सतर्कता अपनाउनुपर्ने सल्लाह दिइएको छ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता