ऐतिहासिकताले भरिपूर्ण चिसापानी गढी

देशमा भएका गढी तथा किल्लामध्ये सबैभन्दा धेरै ऐतिहासिक चीजबीजको संरक्षण भएको स्थान हो, मकवानपुरको चिसापानी गढी । यहाँ पुरातात्विक महत्वका थुप्रै वस्तु सुरक्षित रहेकाले ऐतिहासिक अध्ययनका हिसाबले यो गढी महत्वपूर्ण रहेको इतिहासका जानकारहरु बताउँछन् । इतिहासका अध्येता केदार न्यौपानेका अनुसार कुनै बेला निकै नै चल्तीको नाका रहेको चिसापानी गढी दक्षिणी क्षेत्रको सबैभन्दा ठूलो नाका थियो […]

पुरा पढ्नुहाेस् ...

आन्तरिक पर्यटकको रोजाइ बन्दै गाभर उपत्यका

राँझा । कोरोना महामारी सङ्क्रमण कम भएसँगै बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढेकोे छ । नेपाल सरकारले सूचीकृत गरेको प्रमुख १०० पर्यटकीय गन्तव्यमा परेको गाभर भ्याली घरबासमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दैनिकरूपमा बढ्दो रहेको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष कृष्णलाल चौधरीले बताउनुभयो । उहाँका अनुसार बाँके, बर्दियामात्र […]

पुरा पढ्नुहाेस् ...

जीर्ण बन्दै गर्भा दरबार

गोदावरी, १ भदौ । कैलालीको चुरे गाउँपालिका– ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्क शम्शेर जङगबहादुर राणाले निर्माण गरेको दरबारको संरक्षण नहुँदा जीर्ण बन्दै गएको हो । एक सय वर्ष पुरानो दरबार कुनै तहबाट पनि पहल नभएको चुरे गाउँपालिका– ४ का वडाध्यक्ष कृष्ण मल्लले बताउनुभयो ।स्थानीय […]

पुरा पढ्नुहाेस् ...

नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका

म्याग्दी, १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवद्र्धनमा जोड दिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो […]

पुरा पढ्नुहाेस् ...

हाइकिङमार्फत जोडिँदै गलेम भिर

गण्डकी, ३२ साउन । धार्मिक एवं पर्यटकीय महत्वको गलेम भिरलाई हाइकिङमार्फत जोड्ने प्रयास थालिएको छ । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–४ स्थित गलेम भिरलाई पदयात्रा पर्यटनसँग जोड्दै एक दिवसीय हाइकिङ सम्पन्न भएकाे छ । हाइकिङको गन्तव्य बनाउने सोचका साथ बृहत् फेदीखोला पोखरा समाजको समन्वयमा हाइकर्स क्लब नेपालले उक्त क्षेत्रको प्रवद्र्धनात्मक हाइकिङ सम्पन्न गरेको हाे । गलेम […]

पुरा पढ्नुहाेस् ...

संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई पक्राउ

काठमाडौँ, ३१ साउन । नेपाल प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक किलोग्राम ५०० ग्राम सालकको खपटासहित मकवानपुर बकैया गाउँपालिका–२ का ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँकै ४० वर्षीय धनबहादुर योञ्जनलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले […]

पुरा पढ्नुहाेस् ...