पाटनमा ‘कातीप्याखँ’ र ‘कातीप्याखँका कथाहरू’ बाल पुस्तक विमोचन

पाटनमा ‘कातीप्याखँ’ र ‘कातीप्याखँका कथाहरू’ बाल पुस्तक विमोचन

मेट्रो संवाददाता

२९ कार्तिक २०८१ १४:०८

पुस्तकको समालोचना गर्दै पाटन क्याम्पसका पूर्व प्रमुख डा. सुन्दर कृष्ण जोशीले बालबालिकालाई संस्कृतिप्रति नजिक ल्याउन यस्ता पुस्तकहरूको आवश्यकतामा जोड दिए।

ललितपुर : ललितपुरको पाटन दरबार क्षेत्रस्थित कार्तिक नाच दबलीमा ‘पाटनको कातीप्याखँ’ र ‘कातीप्याखँका कथाहरू’ नामक बाल पुस्तकको विमोचन गरिएको छ।

ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले पुस्तक विमोचन गर्दै बालबालिकामा लोककथा सुनाउने परम्परालाई पुनःस्थापित गर्न यो पुस्तक उपयोगी हुने बताइन्। उनले भाषा र संस्कृति संरक्षणमा पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

आफू आमा भएकाले बच्चालाई कथाहरू सुनाउने गरेको अनुभव बाँड्दै, उनले संस्कृतिको संरक्षण र बालबालिकाको ज्ञान अभिवृद्धिमा यी पुस्तकहरूको महत्त्वपूर्ण योगदान हुने बताइन्।

कार्यक्रममा बौद्ध विद्वान तथा बाखँ न्यने वाका वरिष्ठ सल्लाहकार यज्ञमानपति बज्राचार्यको सभापतित्व रहेको थियो। कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले पुस्तकले कार्तिक नाचको संरक्षण र प्रवर्द्धनमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। सञ्जय शर्मा राजोपाध्यायले प्रस्तुत गरेको कथावाचनलाई आधार बनाएर लेखिका रोनिका श्रेष्ठले ‘पाटनको कातीप्याखँ’ पुस्तक तयार गरेकी हुन् भने शीतल शाक्यले ‘कातीप्याखँका कथाहरू’ लेखेका हुन्।

पुस्तकका चित्रहरू सिद्धार्थ शाक्य र अल्सु अधिकारीले तयार पारेका हुन्। अनुवाद र सम्पादन सुनिता राजभण्डारीले गरेकी हुन्। पुस्तकको समालोचना गर्दै प्रा. डा. सुन्दर कृष्ण जोशीले यस्ता प्रकाशनले सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे। समालोचक डा. नुतनधर शर्माले नेपाली भाषामा अनुदित पुस्तकले कार्तिक नाच नबुझ्नेहरूलाई पनि यसको मर्म बुझ्न सहयोग गर्ने बताए।

पुस्तकको समालोचना गर्दै पाटन क्याम्पसका पूर्व प्रमुख डा. सुन्दर कृष्ण जोशीले बालबालिकालाई संस्कृतिप्रति नजिक ल्याउन यस्ता पुस्तकहरूको आवश्यकतामा जोड दिए। पुस्तकमा नेपाली भाषामा देवनागरी र नेपालभाषामा नेपाल लिपि, साथै शीर्षकमा रञ्जना लिपि प्रयोग गरिएको छ, जसले पाठकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।

‘बाखँ न्यने वा’का सहसचिव तथा पुस्तक प्रकाशनका संयोजक विनिता मगैयाले कार्तिक नाचको संरक्षणका लागि पुस्तक प्रकाशन गरिएको बताइन्। कार्यक्रममा प्रा. डा. केदारभक्त माथेमाको विशेष उपस्थिति थियो। देवनागरी, रञ्जना र नेपाल लिपिमा तयार गरिएको पुस्तकले भाषा तथा लिपिको संरक्षणमा योगदान गर्ने अपेक्षा गरिएको छ।

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता

टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी

♻️ टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा आउने काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माण गरेको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने...

८ साउन २०८३ १२:३० |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता