काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि गठन हुने कार्यसमिति निर्बिरोध चयन गरेको छ।
संस्थाले मिति मंसिर ०२ गते सम्पन्न मनोनयन प्रक्रियामा पदअनुसार आवश्यक संख्या बराबर मात्र उम्मेदवारी दर्ता भएकाले निर्वाचनको आवश्यकता नरहेकाले कार्यसमिति स्वतः निर्विरोध चयन भएको निर्वाचन समिति संयोजक रामशरण डंगोलले जानकारी गराए।
संयोजक डंगोलका अनुसार नव–निर्वाचित कार्यसमितिलाई मंसिर ४ गते पद तथा गोपनीयताको शपथ ग्रहण र प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ।
नव–निर्वाचित कार्यसमिति ११ सदस्यीय रहेको छ, जसमा तीन जना महिला सदस्य पनि समावेश छन्।
निर्वाचित पदाधिकारीहरूको सूची
- अध्यक्ष: दिपक प्रसाद पौडेल
- उपाध्यक्ष: मधु कुवर
- महासचिव: सुरेन्द्र श्रेष्ठ
- सचिव: मोहनभद्र वाग्ले
- कोषाध्यक्ष: रामु थापा
- महिला सदस्य: मेनका चालिसे, चमेली राना मगर, अकल कुमारी पौडेल
- सदस्य: गणेश यादव, प्रेम गोपाली, प्रवेश पराजुली
संस्थाका नव–निर्वाचित अध्यक्ष दिपक प्रसाद पौडेलले व्यवसायीहरूको हकहित संरक्षण र सेवा–सुविधा विस्तारमा कार्यसमिति सदैव सक्रिय रहने बताए।
संस्थाको बिधानअनुसार कार्यसमितिको कार्यकाल २ वर्ष रहने व्यवस्था छ।

Latest News
सम्पदा संरक्षण समाज नेपालको चौथो वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२० वडा भिमसेनस्थानस्थित सम्पदा संरक्षण समाज नेपालको चौथो वार्षिक साधारणसभा काठमाडौँ महानगरपालिका–२० स्थित परोपकार माध्यमिक विद्यालयमा...
२० पुष २०८२ १०:४६ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


