काठमाडौँ । काठमाडौँ महानगरपालिका–२० वडा भिमसेनस्थानस्थित सम्पदा संरक्षण समाज नेपालको चौथो वार्षिक साधारणसभा काठमाडौँ महानगरपालिका–२० स्थित परोपकार माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
संस्थाका कानुनी सल्लाहकार रामशरण डङोलले पानसमा दीप प्रज्वलन गरी साधारणसभाको उद्घाटन गर्नुभएको थियो।
उद्घाटनपछि शुभकामना मन्तव्य राख्दै कानुनी सल्लाहकार डङोलले काठमाडौँ उपत्यकाका मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा संस्थाले गर्दै आएको कार्य अनुकरणीय रहेको बताउनुभएको थियो।
शनिबार सम्पन्न बन्दसत्रले सुरज सायमीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा बस नारायण महर्जन, महासचिवमा रणबहादुर महर्जन, सचिवमा अन्जु रायमाझी, कोषाध्यक्षमा सुनिल डङोल र सह–कोषाध्यक्षमा ममता जोशी चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा मचाकाजी महर्जन, सरिता मानन्धर, सानुकाजी महर्जन, गीता श्रेष्ठ र मचराजा महर्जन रहनुभएको छ।
कार्यक्रममा स्वागत मन्तव्य अन्जु रायमाझीले राख्नुभएको थियो भने महासचिव रणबहादुर महर्जनले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुनिल डङोलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
RECOMENDED News
Latest News
सम्पदा संरक्षण समाज नेपालको चौथो वार्षिक साधारणसभा सम्पन्न
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२० वडा भिमसेनस्थानस्थित सम्पदा संरक्षण समाज नेपालको चौथो वार्षिक साधारणसभा काठमाडौँ महानगरपालिका–२० स्थित परोपकार माध्यमिक विद्यालयमा...
२० पुष २०८२ १०:४६ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


