नारायणगढ–मुग्लिन सडक दुर्घटना: पाँच जनाको मृत्यु, पाँच घाइते

नारायणगढ–मुग्लिन सडक दुर्घटना: पाँच जनाको मृत्यु, पाँच घाइते

मेट्रो संवाददाता

२३ कार्तिक २०८१ ११:१५

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सत्र किलोमा आज बिहान भएको भीषण दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। दुर्घटना बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किएपछि भएको हो।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ निवासी ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक, एक ४० वर्षीय महिला, ३२ र ३५ वर्षीय पुरुष रहेका छन्। मृतक मध्ये केहीको पहिचान खुल्न बाँकी रहेको छ।

घाइते पाँच जनामध्ये दुई जनाको भरतपुर अस्पतालमा तथा तीन जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये एकजनाको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता