उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने प्रदेश प्रमुखको भनाइ

उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने प्रदेश प्रमुखको भनाइ

मेट्रो संवाददाता

३ कार्तिक २०८२ १०:०४

हेटौँडा, कात्तिक ३ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उज्यालो पर्वले अन्धकार हटाई समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने बताएका छन् ।

दीपावली, नेपाल सम्वत् ११४६, भाइटिका, म्हँ पूजा र छठ पर्वको अवसरमा जारी शुभकामना सन्देशमा उनले उज्यालो पर्वहरूले सभ्य, सुन्दर, शान्त र समृद्ध नेपाल निर्माणको दिशामा सबैलाई अघि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।

प्रदेश प्रमुख देवकोटाले हालैका आन्दोलनका कारण देशमा उत्पन्न अनिश्चितताबीच राष्ट्रिय स्वार्थ, स्वाभिमान, एकता र सहअस्तित्वलाई सबैले प्राथमिकता दिनुपर्ने बताएका छन् । युवापुस्ताको भावना र आकाङ्क्षालाई सम्बोधन गर्दै राष्ट्रिय एकता सुदृढ गर्नुपर्ने उनको भनाइ छ ।

शुभकामना सन्देशमा उनले दीपावली र लक्ष्मीपूजालाई अन्धकारमाथि उज्यालो र निराशामाथि आशाको प्रतीकका रूपमा वर्णन गरेका छन् । नेपाल सम्वत् देशको गौरवपूर्ण इतिहास र सांस्कृतिक पहिचानको प्रतीक भएको उल्लेख गर्दै उनले राष्ट्रिय विभूति शंखधर साख्वाले स्थापना गरेको सम्वत्ले मौलिक गौरव झल्काउने बताएका छन् ।

सन्देशमा म्हँ पूजाले आत्मबोध र आत्मसाक्षात्कारको सन्देश दिने उल्लेख छ भने तिहार र भाइटिकाले पारिवारिक प्रेम र सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, छठ पर्व मानव र प्रकृतिबीचको सन्तुलन र सहजीवनको सन्देश बोकेको पर्व भएको उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख देवकोटाले विविध संस्कृतिले भरिएको नेपालको सामाजिक एकता, सद्भाव र राष्ट्रिय पहिचानलाई चाडपर्वहरूले अझ बलियो बनाएको बताएका छन् ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता