मेट्रो संवाददाता
२८ जेठ २०७८ १८:३०
काठमाडाैं, जेठ २८ ।
चीनको १५ वटा हात्तीको एक समूह विश्वमा ध्यानाकर्षणको विषय बनेको छ। तिनीहरूले गत डिसेम्बरदेखि युननान प्रान्तीय सीश्वाङपाना प्रिफेक्चरदेखि फुअर शहरको मोच्याङ जिल्लासम्मको दुरी तय गरेका छन्। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्।
चिनियाँ हात्तीको चर्चा भइरहेका बेला झापाकाे बाहुन डाँगीमा भारतबाट हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरू मेचीको बगरबाटै फर्किने गरेका छन् ।
मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुन डाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको बथान आउन थालेको बताउनुभयो । तीसदेखि एक सयको सङ्ख्यामा हात्तीको बथान आउने गरेका छन् । बथानमा लामा लामा दाह्रा भएका भाले हात्तीदेखि बच्चाहरू पनि छन् ।
केही दिनअघि मेचीनगर—४ स्थित बाहुन डाँगी भन्सार गौँडामा विद्युतीय तारबार भत्काएर ३० वटा हात्ती बाहुन डाँगी पसेका थिए । त्यस बेला तारबार भत्काएर पसेका हात्तीले मकै बाली खाएर सोतर बनाएका थिए । समितिले भत्केको तारबार मर्मत गरिसकेको जनाएको छ । तारबारको करेन्टसँग डराएर हात्ती रातभर सीमा क्षेत्रमै रोकिने गरेका छन् ।
भारतको सीमा क्षेत्रमा महानन्द वाइल्ड लाइफ सेन्चुरी नामक वन्यजन्तु आरक्षको घना जङ्गल छ । आसामदेखि आएका हात्ती नेपाल आउनु अघि त्यही जङ्गलमा बस्ने गर्छन् । हाल साँझ परेपछि समितिको पदाधिकारी, डिभिजन वन कार्यालय झापाको टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हात्ती छेक्न सीमाको गौँडाहरूमा खटिने गरेको छ ।
डिभिजन वन कार्यालयको साइरनसहितको गाडी र स्थानीय समितिको दुई ट्रयाक्टरले सीमा क्षेत्रमा हात्तीको गस्ती गर्दै आएको छ । ‘‘कुनै पनि बेला हात्ती गाउँ पस्ने जोखिम छ, हामी नियमित गस्ती गरिरहेका छौँ,’’ डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले भन्नुभयो, ‘‘२०७२ सालदेखि भारतबाट हात्ती आएका थिएनन् । अहिले एक्कासि आउन थाले ।’’ प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले हात्तीको ठुलो सङ्ख्या तारबार फोडेर बाहुन डाँगी प्रवेश गर्ने प्रयासमा रहेको हुँदा विगतमा झैंं मानव हात्ती द्वन्द्व अझ बढ्ने चिन्ता व्यक्त गर्नुभयो ।
-रासस
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


