काठमाडौं महानगरबाट मेलम्ची बाढीपीडितलाई  दुई करोड राहत घाेषणा

काठमाडौं महानगरबाट मेलम्ची बाढीपीडितलाई दुई करोड राहत घाेषणा

मेट्रो संवाददाता

३ असार २०७८ १७:०२

काठमाडौं, असार ३ । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा गएको पहिरोका पीडितहरुलाई काठमाडौं महानगरपालिकाले आपतकालीन सहयोगका लागि दुई करोड रुपियाँ दिने निर्णय गरेको छ । आज  बसेको ९ औं अधिवेशन तथा नगरसभाको बैठकले पीडित परिवारलाई उक्त रकम दिने निर्णय भएको काठमाडौं महानगरपालिकाका कार्यपालिका सदस्य पासाङ नुर्वु लामाले जानकारी दिनुभयो ।

मनसुन नेपाल प्रवेश गरेसँगै सक्रिय भएको मनसुनका कारण मेलम्ची र इन्द्रावती नदीमा बाढी आउँदा सात जनाको मृत्यु भएको छ भने ६ जना विदेशी नागरिकसहित २० जना बेपत्ता भएको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले बिहिबार विज्ञप्ति जारी गरेर जनाएको छ । अझै क्षतिको विवरण आउने क्रममा रहेको सिन्धुपाल्चोक प्रशासनले जनाएको छ । काठमाडौं महानगरले यस अघि पनि कोरोना भाइरस नियन्त्रणका लागि अत्यावस्यक स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता