समाजवादी पार्टीको सामाजिक अभियन्ता भेला तथा विचार गाेष्ठी

समाजवादी पार्टीको सामाजिक अभियन्ता भेला तथा विचार गाेष्ठी

मेट्रो संवाददाता

२६ माघ २०७६ १०:२०

समाजवादी पार्टी काठमाडौं जिल्लाले सामािजक अभियन्ता भेला तथा विचार गाेष्ठी माघ २५ गते सम्पन्न भएकाे छ।

काठमाडाैंकाे नेपाः ब्याङ्क्वेट, खुसिबुँमा भएकाे उक्त कार्यक्रममा सम्पदा संरक्षण साथै विभिन्न अभियानमा लागिपरेका अभियन्ताहरु समाजवादी पार्टी काठमाडाैं जिल्ला समन्वय समितिकाे अाव्हानमा भेला भएका थिए ।

कार्यक्रममा समाजवादी पार्टी महानगर समितिका अध्यक्ष श्रीजन श्रेष्ठले हिति संरक्षण आव्हान गर्दै भएको हिति ¥याली कार्यक्रममा समितिबाट पार्टीको झन्डासहित सहभागि भएको बताए ।

सम्पदा, संस्कृतिको संरक्षणमा सक्रिय भइरहँदा समाजवादी पार्टीको उद्देश्यसँग आफुहरुको उद्देश्य मेल खाएकोले पार्टीसँगै अघिबढेको अभियन्ता राजाराम तण्डुकारले प्रष्ट पारे ।

त्यस्तै कार्यक्रममा सहभागी पत्रकार बिराजकाजी राजोपाध्यायले आफु कुनै पनि पार्टीको समर्थक वा विरोधी नभइकन सूचनालाई सहि ढङ्गबाट सम्प्रेषण मात्र गरिरहेको बताए ।

कार्यक्रममा नेवाः अधिकारकर्मि डा. महेशमान श्रेष्ठ, पवित्र बज्राचार्य र डा. पुष्पराज राजकर्णिकारले भेलालाई सम्वोधन गरेका थिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता