मेट्रो संवाददाता
१९ जेठ २०७७ १३:२४
जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र सस्कार अनुरुप हरेक वर्ष सिथि नखः पर्व मनाईन्छ ।
महिना जेष्ठको छ, बादलहरु आकाशमा पानी बोकेर हिँड्न उड्न थालिसके, अब आकाश अनि धर्ती दुबैतर्फ तैयारी छ, वर्षायामको ।
वर्षायामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाईको कुरा आउँदछ ।
वर्षयामको तयारी अनि पानीको मुहानको सरसफाईका लागि नेवाः सभ्यता र सस्कार अनुसार हरेक वर्ष जेष्ठ शुक्ल पष्ठीका दिनमा सिथि नखः चाड मनाईने चलन छ ।
काठमाडौ जसरी मन्दिरको शहरका रुपमा प्रचलित छ, त्यसैगरी काठमाडौ पाटी पौवा अनि पोखरी, ईनार, ढुंगेधारा र कुवाँहरुको शहर पनि हो ।
पानीको श्रोतकालागि अत्यन्त महत्वपूर्ण यी कुराहरुको सरसफाई र सुब्यबस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाईने चलन भएको हो । आजको दिनमा काठमाडौ अनि काठमाडौं बासीहरुलाई सिथि नखः को महत्व अझै वढेर गएको छ ।
यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्वमाथि पनि प्रकाश पार्दछ । आजको दिन ईनार, कुँवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नपूर्व सरसफाई गर्ने चलन छ ।
यसरी सबैजना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्याकारी हुने दुरगामी संस्कार प्रशंसनीय छ ।
यसरी सिथि नखः मा सरसरफाई गरिसकेपछि केही दिनकालागि पानीका मुहानलाई प्रयोग नगरिकन पानीलाई चलाउनहुन्न र स्थिर गराएर पानीको सतह राख्नपर्दछ भन्ने मान्यता छ ।
पानी सफा गर्दा ईनार भित्र पसेर, पोखरी अनि कुँवामा पसेरनै सफा गरिन्छ र यसो गर्नाले पानीका तलका सतहहरु जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरु माथि आउने हुन्छ । ती कुराहरु तल्लो तहमा थिग्रेर राख्नकालागि पनि केही दिन पानीको मुहान प्रयोग नगरिकन शान्त राखिन्छ ।
यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दुध, घ्यू, मह, दही लगायतका कुराहरु हालिन्छ ।
उपत्यकामा पहिले जस्तो खुल्ला जमिन र माटोको सेरोफेरो थोरै हुनगएकाले पानीको मुहान स्वच्छ र भरिभराउन नभएको तथ्य छ ।
जतिसुकै धेरै वर्षाको पानी परेतापनि वरपर सिमेन्टको भुई भएकाकारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दानै धेरै जसो पानीका मुहानहरु सुक्दैगएका अनि उपत्यकाबासीहरु पाईप, ट्याकंर अनि जारका पानीमा धेरै निर्भर रहनपरेको तथ्य पनि जायज छ ।
सिथि नखः का दिन पानीका मुहानको सामुहीक सरसफाई गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरु बारा, चटामरी, छोयला आदिजस्ता परिकारहरु खाने चलन छ ।
यसै दिन भक्तपुरको चासखेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौको जैसिदेवलको शिवपार्वतीका जेष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिर्याँउदै गहना र आभुषण लगाईदिएर खटमा राखेर नगर परिक्रमा गराईने चलन छ ।
नेवा: समुदायले आफ्नो घर प्रवेश द्वारमा राख्ने आठवटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेय लाई जनाउँदछ ।
कुमार कार्तिकेयका वारेमा केही कुरा गर्न चाहयौ, शिवजीका यी पुत्र अलौकीक सैनिक दस्ताका महासेनानीका रुपमा पुराणहरुमा ब्याख्या गरिएको छ ।
तारकासुर जस्ता असुरहरुको वध गर्न सक्ने यी बलवानलाई गंगाका पुत्रका रुपमा पनि ब्याख्या गरिएका पात्र हुन् । यिनको ६ वटा शिर रहेको र जन्म भएका बखत गंगाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ ।
गंगा नदी स्वयं शिवजीको जटामार्फत बगेकी छिन्, यसअर्थमा गंगाका स्वरुप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग धेरै अन्र्तसम्बन्ध पाईन्छ । वातावरण, पर्यायवरण अनि जीवनशैलीको अनुपम समिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाईको पाठ सिकाईरहेको छ ।
हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनाका मार्फत नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरु चलाईरहिएको छ, नियालेर हेर्ने हो भने हाम्रो पुराना सस्कारहरुनै आँफैमा वैज्ञानिक र परिवर्तनकारी छ । सिथि नखः को शुभकामना, हाम्रा पानीका मुहान र चित्त दुबै शुद्ध र सफा हुन ।
–सुयोग ढकाल
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


