सिठी नखः तथा कुमार षष्ठी

सिठी नखः तथा कुमार षष्ठी

मेट्रो संवाददाता

१९ जेठ २०७७ १३:२४

जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवा: सभ्यता र सस्कार अनुरुप हरेक वर्ष सिथि नखः पर्व मनाईन्छ ।

महिना जेष्ठको छ, बादलहरु आकाशमा पानी बोकेर हिँड्न उड्न थालिसके, अब आकाश अनि धर्ती दुबैतर्फ तैयारी छ, वर्षायामको ।

वर्षायामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाईको कुरा आउँदछ ।

वर्षयामको तयारी अनि पानीको मुहानको सरसफाईका लागि नेवाः सभ्यता र सस्कार अनुसार हरेक वर्ष जेष्ठ शुक्ल पष्ठीका दिनमा सिथि नखः चाड मनाईने चलन छ ।

काठमाडौ जसरी मन्दिरको शहरका रुपमा प्रचलित छ, त्यसैगरी काठमाडौ पाटी पौवा अनि पोखरी, ईनार, ढुंगेधारा र कुवाँहरुको शहर पनि हो ।

पानीको श्रोतकालागि अत्यन्त महत्वपूर्ण यी कुराहरुको सरसफाई र सुब्यबस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाईने चलन भएको हो । आजको दिनमा काठमाडौ अनि काठमाडौं बासीहरुलाई सिथि नखः को महत्व अझै वढेर गएको छ ।

यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्वमाथि पनि प्रकाश पार्दछ । आजको दिन ईनार, कुँवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नपूर्व सरसफाई गर्ने चलन छ ।

यसरी सबैजना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्याकारी हुने दुरगामी संस्कार प्रशंसनीय छ ।

यसरी सिथि नखः मा सरसरफाई गरिसकेपछि केही दिनकालागि पानीका मुहानलाई प्रयोग नगरिकन पानीलाई चलाउनहुन्न र स्थिर गराएर पानीको सतह राख्नपर्दछ भन्ने मान्यता छ ।

पानी सफा गर्दा ईनार भित्र पसेर, पोखरी अनि कुँवामा पसेरनै सफा गरिन्छ र यसो गर्नाले पानीका तलका सतहहरु जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरु माथि आउने हुन्छ । ती कुराहरु तल्लो तहमा थिग्रेर राख्नकालागि पनि केही दिन पानीको मुहान प्रयोग नगरिकन शान्त राखिन्छ ।

यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दुध, घ्यू, मह, दही लगायतका कुराहरु हालिन्छ ।

उपत्यकामा पहिले जस्तो खुल्ला जमिन र माटोको सेरोफेरो थोरै हुनगएकाले पानीको मुहान स्वच्छ र भरिभराउन नभएको तथ्य छ ।

जतिसुकै धेरै वर्षाको पानी परेतापनि वरपर सिमेन्टको भुई भएकाकारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दानै धेरै जसो पानीका मुहानहरु सुक्दैगएका अनि उपत्यकाबासीहरु पाईप, ट्याकंर अनि जारका पानीमा धेरै निर्भर रहनपरेको तथ्य पनि जायज छ ।

सिथि नखः का दिन पानीका मुहानको सामुहीक सरसफाई गरिसकेपछि घरघरमा गएर परम्परागत नेवा: खानाहरु बारा, चटामरी, छोयला आदिजस्ता परिकारहरु खाने चलन छ ।

यसै दिन भक्तपुरको चासखेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौको जैसिदेवलको शिवपार्वतीका जेष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिर्याँउदै गहना र आभुषण लगाईदिएर खटमा राखेर नगर परिक्रमा गराईने चलन छ ।

नेवा: समुदायले आफ्नो घर प्रवेश द्वारमा राख्ने आठवटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेय लाई जनाउँदछ ।

कुमार कार्तिकेयका वारेमा केही कुरा गर्न चाहयौ, शिवजीका यी पुत्र अलौकीक सैनिक दस्ताका महासेनानीका रुपमा पुराणहरुमा ब्याख्या गरिएको छ ।

तारकासुर जस्ता असुरहरुको वध गर्न सक्ने यी बलवानलाई गंगाका पुत्रका रुपमा पनि ब्याख्या गरिएका पात्र हुन् । यिनको ६ वटा शिर रहेको र जन्म भएका बखत गंगाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ ।

गंगा नदी स्वयं शिवजीको जटामार्फत बगेकी छिन्, यसअर्थमा गंगाका स्वरुप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग धेरै अन्र्तसम्बन्ध पाईन्छ । वातावरण, पर्यायवरण अनि जीवनशैलीको अनुपम समिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाईको पाठ सिकाईरहेको छ ।

हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनाका मार्फत नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरु चलाईरहिएको छ, नियालेर हेर्ने हो भने हाम्रो पुराना सस्कारहरुनै आँफैमा वैज्ञानिक र परिवर्तनकारी छ । सिथि नखः को शुभकामना, हाम्रा पानीका मुहान र चित्त दुबै शुद्ध र सफा हुन ।

सुयोग ढकाल

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता