ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज, अबको नेतृत्व कसलाई ?

ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समिति खारेज, अबको नेतृत्व कसलाई ?

मेट्रो संवाददाता

१ असार २०७७ १६:३३

१ असार, काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति खारेज गरेको छ ।

गत फागुनमा मन्त्री पोखरेलको संयोजकत्वमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, संस्कृति पर्यटनमन्त्री योगेश भट्टराई, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणी पोखरेल सदस्य रहेको उच्चस्तरीय समिति गठन गरेको थियो ।

उच्चस्तरीय समन्वय समितिले खास काम गर्न नसकेको, कोरोना संक्रमणमा रोकथाम गर्न नसकेको आरोप लागिरहेका बेला यसलाई खारेज गरिएको छ ।

समितिको निर्णयअनुसार ओम्नी ग्रुपलाई बजारभाउभन्दा चर्को मूल्यमा औषधि उपकरण खरिद गर्ने जिम्मा दिइएको थियो । उक्त निर्णय कमिसनका आधारमा गरिएको भन्दै सर्वत्र विरोध भएपछि सरकारले ऊसँगको ठेक्का सम्झौता नै खारेज गरेर नेपाली सेनालाई खरिदको जिम्मा दिएको थियो ।

चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रक्षा, गृह, स्वास्थ्य र आपूर्ति मन्त्रालयको प्रतिनिधि रहने गरी कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) गठन भएको थियो ।
उच्चस्तरीय समिति खारेज गरेर समितिले गर्दै आएका कामहरु कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई दिने निर्णय गरेको छ ।

गत साता उच्चस्तरीय समितिले पौने १० अर्ब रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको थियो । यो खर्च सार्वजनिक भएको केही दिनपछि फेरि घटाएर ८ अर्ब ३९ करोड ११ लाख १९ हजार खर्च भएको सीसीएमसीले सार्वजनिक गरेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता