मेट्रो संवाददाता
२ असार २०७७ २३:१८
संविधान संशोधनमा अनुपस्थित हुने आफना सांसदसँग
नेकपाले माग्यो स्पष्टिकरण
२ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले आफ्ना ४ सांसदलाई कारवाही प्रक्रिया सुरु गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नयाँ निशान छापको लागी संविधान संशोधनमा अनुपस्थित हुने आफना ४ सांसदलाई कारवाही प्रक्रिया सुरु गरेको छ ।
संविधान संशोधन मार्फत लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सहितको निशान छाप परिवर्तन गर्ने प्रस्तावमा मतदान गर्न उपस्थित नभएका आफ्ना सांसदहरुलाई लिखित स्पटिकरण दिन निर्देशन दिएको छ।
पत्रमा भनिएको छ, ‘दलको विधानको दफा ३० को उपदफा १ र २ अनुसार के कति कारणले अनुपस्थित हुनुभएको हो रु पत्र प्राप्त भएको मितिले ५ दिनभित्र दलको कार्यालयमा उपस्थित भई लिखित स्पष्टीकरण दिनु हुन निर्देशन गरिन्छ ।’
जेठ ३१ गते संविधान संशोधन गर्न प्रतिनिधि सभामा मतदान भएको थियो। उक्त मतदानमा नेकपाका ४ सासंद अनुपस्थित भएका थिए। बैठकमा अनुपस्थित भएका गोपालबहादुर बम, हरिबोल गजुरेल, धनबहादुर बुढा र शिवकुमार मण्डललाई स्पष्टिकरण माग गरिएको हो।
नेकपाको संसदीय दलले संसदमा संविधान संशोधनको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप नै जारी गरेको थियो । दलको ह्वीप नै नमानेर विनासूचना अनुपस्थित भएकाले चारै जनालाई संसदीय दलले पत्र पठाएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


