भारत हिँडेकी सांसद सरिता गिरी सीमा नाकाबाटै किन फर्किइन् ?

भारत हिँडेकी सांसद सरिता गिरी सीमा नाकाबाटै किन फर्किइन् ?

मेट्रो संवाददाता

२ असार २०७७ २३:५३

२ असार, काठमाडाैं । समाजवादी पार्टीकी सरिता गिरी कार्यकर्ता भेटघाटका लागि गृहजिल्ला सिरहा पुगेकी छिन् ।

सरकारले जारी गरेको नयाँ नक्साको विपक्षमा रहेकी सांसद गिरी आज आफ्ना कार्यकर्ता भेट्नका लागि ठाडी भगवानपुरको सीमावर्ती क्षेत्र पुगेकी थिइन् ।

समाजवादी पार्टीले सांसद पदबाटै हटाउने तयारी गरेपछि बिहारबाट चुनाव लड्नेगरी जान्छु भनेर केही नेतालाई धम्की दिएर गिरी भारततर्फ गएको समाचार छ ।

संविधान संशोधनका लागि जेठ ३१ गते प्रतिनिसिभामा भएको मतदान बहिष्कार गरी त्यसको भोलीपल्ट सिरहा गएकी उनी अहिले नयाँ नक्सा र सीमाका विषयमा विवादित भएको हुनाले सुरक्षाको कारण देखाउँदै सुरक्षाकर्मीले उनलाई सीमा क्षेत्रबाट फर्काइएको बुझिएको छ ।

बुबा बिरामी छ भनेर भारत जान खोजेका गिरी लकडाउनमा नाकाहरू बन्द भएका कारणले उता जान पाएन ।

उनी भारत जान लागेकी होइनन्, आफ्ना कार्यकर्ता भेट्न सीमावर्ती क्षेत्रमा गएकी थिइन् र भेटघाट गरी आफैं फर्केकी थिइन् भनेर सिरहाका डिएसपी सरद थापाले बताएको समाचार छ ।

सिरहाको ठाडी नाकाबाट भारत जान खोजेपछि उनलाई सुरक्षाकर्मीले नेपालतर्फ नै फिर्ता गरेका थिए । उनी त्यसपछि कहाँ गइन् भन्ने कुरा आफूलाई जानकारी नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईँले जानकारी दिएको समाचार छ।

भारतले अतिक्रमण गरेको भूमिसहितको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा अध्यावधिक गर्न भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि उनलाई कारबाही गर्ने तयारी भए पनि अब उनी समाजवादीको बैठकमा उपस्थित नहुने चेतावनी दिएकी समाजवादी पार्टीका एक नेताले बताएको समाचार छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता