‘मूलदेवशशिदेवोपाख्यान’ मल्लराजाले मैथलीभाषामा लेखेकाे नाटक

‘मूलदेवशशिदेवोपाख्यान’ मल्लराजाले मैथलीभाषामा लेखेकाे नाटक

मेट्रो संवाददाता

२९ असार २०७७ १९:५७

नेपालभाषाको प्राचीन साहित्यिक वाङ्मयमा नाटक विधालाई विकसित विधाको रूपमा लिने गरिन्छ । ती समय संस्कृत, मैथलि र नेपालभाषामा नाटक लेख्ने र प्रदर्शन गर्ने परम्परा रहेको थियो। कुनै नाटकमा तीनवटै भाषा प्रयाेग भएकाे पनि पाइन्छ ।

नेपालभाषा साहित्य विधा विकासमा तत्कालिन राजा महाराजाहरू आफैले नाटक लेख्ने र ठूल ठूला महत्सोवमा दरवार भित्रको दबलि र बाहिर प्रदर्शन गर्ने चलन छ । कुनै कुनै नाटकमा स्वयं राजा नै कलाकार भई अभिनय सहित प्रदर्शन गरेको पाइन्छ ।

‘मूलदेवशशिदेवोपाख्यान’ नाटकको पहिलो स्वरूप ‘मूलदेव शशिदेव’ प्रथमपटक भक्तपुरका राजा जगतप्रकाश मल्लले नेसं ७८२ मा नेपालभाषामा लेखेका हुन् । पछि यसै नाटक भक्तपुरकै अर्का राजा भूपतिन्द्र मल्लले नेसं ८२६ मा भक्तपुरको तलेजु मन्दिरमा २१ वटा गजुर चढाई जिर्णोद्वार गरेको खुशीयालीमा मैथली भाषामा लेखि प्रदर्शन गरेको विवरण अभिलेखमा उल्लेखित रहेको छ।

राजा भूपितेन्द्र मल्लले धेरै नाटकहरू लेखेका छन् । ती नाटक नेपालभाषा, मैथली भाषा र वंगाली भाषामा रहेका छन्। मल्ल राजाहरू मध्यभारतबाट नेपाल प्रवेश गरेका हुन् भने तिनीहरूकाे बोलचालीको भाषा मैथली हो। साहित्यिक भाषामा संस्कृत प्रयाेग हुन्थ्याे भने, नेपालभाषा राजकीय भाषा रहेतापनि त्यस समय राजाहरूको पारिवारीक भाषा दरवारभित्र मैथली भाषा रहेको थियो।

राजाहरू आफ्ना महारानीहरूसित मैथली भाषामा नै कुराकानी गर्ने भएकोले त्यस समय मैथली भाषा जनभाषा नभएतापनि दरवारभित्रको भाषा रहेको सजिलै थाहा पाउन सकिन्छ । यसरी तत्कालिन राज्य प्रशासनमा भाषाको प्रयोगमा उदार नीति लिइएको कुरा पनि बुझ्न सकिन्छ ।

‘मूलदेवशशिदेवोपाख्यान’ तत्कालीन समयका अन्य नाटकहरू सरह नै महत्वपूर्ण देखिन्छ । यस नाटकमा पनि तत्कालिन धार्मिक, सामाजिक र राजनीतिक परिवेश प्रस्तुत गरिएको छ । पहिले धेरै नाटक धार्मिक रहने र यसका मूल पात्र राजा महाराजा नै हुने गरिन्थ्यो । तर, यस नाटकमा मूल पात्र राजा महाराजा नभई साधारण जनतालाई पात्र बनाई लेखिएकोले यसको मूल स्वरूप नाटक ‘मुलदेव शशिदेव’लाई प्रथम सामाजिक नाटक भन्ने गरिन्छ।

भक्तपुरका राजा भूपतिन्द्र मल्लको ‘मुलदेवशशिदेवोपाख्यान’ नाटकमा तीन अध्याय र पच्चीस दृष्य रहेको छ । पहिलो अध्यायमा ८ दृष्य, दोश्रो अध्यायमा १० दृष्य र तेश्रो अध्यायमा ७ दृष्य संरचित गरि कुल तीन अध्यायमा २५ दृष्य छन् ।

नेपालभाषाको प्राचीन नाटकहरू विभिन्न थ्या:सफुमा सुरक्षित रहेका छन् र अबको समयमा यसलाई दबलिमा मञ्चन गर्ने कार्य गरिन्दैन । तैपनि यसको अध्ययन अनुसन्धानको कार्य भइ नै रहेको छ । यसले नेपालभाषाको प्राचीन साहित्यिक वाङमयको अध्ययन गर्न सहयोग पुर्याइरहेको छ।

‘मूलदेवशशिदेवोपाख्यान’ पनि प्राचीन मैथली भाषामा लेखिएकोले अहिलेको प्रचलित मैथली भाषीहरूले पनि यसलाई सहजरूपमा बुझ्न कठिन रहेको छ।

भूपितेन्द्र मल्लको यस ‘मूलदेवशशिदेवोपाख्यान’को लिप्यान्तर र सम्पादन त्रैलोक मान बनेपाली हुन् । पुस्तकमा यस नाटकको मूल प्रतिको फोटोकपी पनि राखिएको छ।

लाय्‌कू पाक्षिक

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता