मेट्रो संवाददाता
१० साउन २०७७ २:०४
१० साउन, काठमाडाैं ।
प्रकृति पूजालाई विश्वको हरेक सभ्यताको धर्म र संस्कृतिले अपनाएको पाइन्छ । पूजा, उपासना र साधनामा फरक फरक पद्धतिसँगै मानव प्रकृतिपूजारी भएको विभिन्न कालखण्डमा भएको उत्खनन्बाट प्राप्त समाग्रीले पुष्टि हुन्छ ।
समस्त विश्वकल्याणको लागि गरिने उपासना र प्रार्थनाको उद्देश्य भनेकै वातावरणीय र पर्यावरणीय सन्तुलनलाई कायम राख्ने रहेको देखिन्छ । सूर्यवंशी, चन्द्रवंशी र नागवंशी भनेर विभिन्न कालखण्डका राजाहरुले प्रकृतिपूजारीको चिनारी दिएको पाइन्छ ।
नागपञ्चमी प्रकृतिपूजा र उपासनाको अर्को उदाहरण हो । सिन्धुघाँटी सभ्यताको उत्खनन्को क्रममा नग्न आकृतिको तपस्यारत योगीराज शिव र सर्पका आकृतिहरु प्राप्त भएका छन् । ऋगवेदमा नाग पूजाको उल्लेख पाइृदैन तर ईन्द्रलाई अहि ९सर्प० भनिएको पाईन्छ । अथर्ववेदमा आदिजातीको रुपमा नागको उल्लेख परेको छ । आपस्तम्भ गृहसुत्रमा श्रावण महिनामा सर्पवलीकृत्य गरिने चर्चा परेको छ । महाभारत कथा अनुसार पाण्डुपुत्र अर्जुनले नागकन्या उपलीसङ्ग, रघुवंशमा नागकन्याहरुको विवाह रघुवंशसङ्ग भएको आदी प्रसंगले नागजातीको प्राचीनताको आधार प्रष्ट हुन्छ ।
पौराणिक साहित्यहरुमा नागजातीको सन्दर्भमा व्यापक परिचर्चा परेको छ । शेषनागले सम्पूर्ण पृथ्वीलाई धारण गरेको र भगवान विष्णु क्षिर सागरमा शेष शैय्यामा शयन गरेको कथन छ । भगवान शिवजीले नागपुजा देवताहरुको लागि पनि दुर्लभ पूजा भन्नु हुन्छ । यमुना नदिमा वसेर कालीनागले जल विषाक्त बनाएको र भगवान श्रीकृष्णले काली नागलाई दमन गरेको हरिवंश पूराणमा उल्लेख छ ।
महाभारतको आदी पर्वमा उल्लेख भएको कथा अनुसार तक्षक नागले डसेर राजा परिक्षितको मृत्यु भएपछि जन्मजेयले आफ्नो बाबुको मृत्युको बदला लिन सम्पूर्ण सर्प जातीको वंश विनासको लागी विशाल सर्पयज्ञ गरेका थिए । सम्पूर्ण सर्प जातीको नास हुने देखे पछि बासुकी नागले आफ्नी बहिनीको सहायता लिए ।
कथा अनुसार बासुकी नागका भाञ्जा आस्तिकले र ब्रम्हा ऋषीले राजा जन्मजेयलाई सम्झाई बुझाई प्रतिषोध नलिन आग्रह गरे पछि राजा जन्मजेयले बिशाल सर्पयज्ञ रोकेको दिन पञ्चमी तिथी परेकोले यसै दिनको सम्झनामा नागपञ्चमी मनाउँन थालिएको पौराणिक कथन छ ।
अमरकोषको अनुसार सर्पका २५ नाम भए पनि विशेषर्रुपले अनन्तो, बासुकी, पद्म, महापद्ममश्च, तक्षक, कुलिर, कर्कटो र शंखाश्चाष्टौ नाग प्रकीर्तिता भनि अष्ट नागको सम्झना गरिन्छ ।
आजको दिन बिहानै उठी स्नान गरी दिप, कलश, गणेश पूजा गरि गोवरको नाग बनाई नगको मानचित्रमा दहि, दूबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरि ढोकामा टाँस्नाले सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ । नागहरु जस्तै अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलि, कर्कट, शंखनाग, शेषनाग आदिको चित्र टासिन्छ । यसरि बिभिन्न नागको चित्र घरमा टास्नाले चट्याङले नहान्ने, आगो तथा सर्पको भए नहुने हाम्रो धार्मिक आस्था तथा बिस्वास रहिआएको छ ।
स्कन्द पुराण अनुशार आज नागको पुजा गर्नाले मनोकामना पुर्णहुन्छ भनि बर्णन गरिएको छ ।
श्रावण शुक्ल पंचमि तिथिका दिनबाट वर्षायाम समाप्त भई हिउँद शुरु भएको मानिन्छ । ज्योतिष शाष्त्रीय मान्यता अनुशार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साईत हेर्नु पर्दैन भन्ने बिश्वास रहदै आएको छ । कुनै पनि घर तथा बंगाला निर्माण गर्दा भुमिमा नाग देवाताको बास भए बिधिवत रुपमा पूजा आजा गरि पन्छाए नागको दोषबाट मुक्त हुन धार्मिक जन बिश्वास रहि आएको छ ।
नाग पंचमिको दिन हिन्दु धर्मावलम्बिहरुले दिनभर व्रत गरि सूर्यास्त भए पछि नाग देवताको मुर्तिमा बिभिन्न सामानहरु जस्तै फुल, प्रसाद तथा फलले पुजा आजा गरि प्रसाद बाढ्ने तथा आफुले पनि लिने गर्दछन् । यसरि श्रावण शुक्ल पंचमिको दिन श्रदा तथा भक्तिका साथ मनाईने यो पर्ब हिन्दुधर्मावलम्बिहरुले धुमधामका साथ मनाउने गर्दछन् ।
नागपञ्चमीमा नागको पूजा गर्दा पाठ गरिने नाग स्तोत्र यस प्रकार छस्
ब्रह्मलोकेषु ये सर्पा शेषनाग पुरोगमास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतो मम सवर्दा।१।
इन्द्रलोकेषु ये सर्पास् वासुकी प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।२।
कद्रबेयाश्च ये सर्पास् मातृभक्ति परामा।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।३।
इन्द्रलोकेषु ये सर्पास् तक्षका प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।४।
सत्यलोकेषु ये सर्पास् वासुकिन च रक्षता।
नमोस्तुतेभ्यस् सर्पास् सुप्रीतास् मम सर्वदा।५।
मलये चैव ये सर्पास् कर्कोतक प्रमुखादयस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।६।
प्रार्थव्याचैव सर्पेभ्यस् ये साकेत वासित।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।७।
सर्वग्रामेषु ये सर्पा वसंतिषु सञ्च्छिता।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।८।
ग्रामे वा यदिवारण्ये ये सर्पाप्रचरन्ति च।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।९।
समुन्द्रतीरे ये सर्पाये सर्पाजलवासिनस्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।१०।
रसातंलेषु ये सर्पास् अनन्तादि महाबलास्।
नमोस्तुतेभ्यस् सर्पेभ्यस् सुप्रीतास् मम सर्वदा।११।
१२ तीर्थका नागराजहरुको नामावली
नगराजको नाम | तीर्थको नाम |ठाउँको नाउँ
१. तक्षक नागराजा—– पुण्य तीर्थ—– गोकर्ण
२. सोमक्षिकि नागराजा —–शान्त तीर्थ —–गुहेश्वरी
३. शेषपाल नागराजा —–शंषर तीर्थ —–शंखम्व (शंखमूल)
४. स्वरुप नागराजा —–राज तीर्थ —–राजतीर्थ
५. कलिक नागराजा —–मनोरथ तीर्थ —–टोखा द्वाः (टोखा दोबाटो)
६. अपलाल नागराजा—– निर्मल तीर्थ —–भचा खसि (भौचाखुसी)
७. नन्दउपन्द नागराजा —–निद्यान/लखुतीर्थ —–लखतीर्थ
८. वासुकी नागराजा —–ज्ञान तीर्थ —–कहःखुसि
९. बरुण नागराजा—–चिंतामणि तीर्थ —–टेकु दुभान (टेक दोभान)
१०. पद्म धवल नागराजा —–प्रमोद तीर्थ—–दानगाः
११. महापद्मधवल नागराजा—–सुलक्षण तीर्थ —–भाजंगा
१२. कान्ति नागराजा—–जयतीर्थ —–नखु
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


