मेट्रो संवाददाता
२७ साउन २०७७ २:४१
काठमाडौं । नेपाली कांग्रेसले सम्भावित संक्रमितहरुलाई कडाइका साथ सीमामा प्रवेश रोक्न र समुदायमा संक्रमण गइसकेको अवस्थामा त्यस्ता ठाउँहरुको सघन अनुगमन गरी परीक्षणको दायरा व्यापक बनाउन आग्रह गरेको छ ।
नेपाली कांग्रेस कोभिड—१९ अनुगमन समितिले आज एक विज्ञप्ति जारी गरी लकडाउन खोलिए पनि नेपालको आर्थिक सामाजिक क्षेत्र पूर्ण रुपमा सुचारु हुने अवस्था नभएकाले शिक्षा तथा अर्थतन्त्रका क्षेत्रहरुको जोखिम न्यून गर्न र देशले पूर्ण लकडाउन धान्न नसक्ने हुनाले संक्रमित ठाउँहरुमा लक्षित लकडाउन र आइसोलेसनको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको हो ।
यसैगरी खाडी देशहरुमा रोजगार गुमाई भीसा अवधि पनि सकिएकाहरुलाई तत्काल नियमित उडान गरी सस्तो दरमा देश फिर्ता गर्नेलगायतका मागहरुको पनि सम्बोधन गर्न सरकारलाई आग्रह गरीएको छ ।
विज्ञप्तिमा संक्रमण नियन्त्रण गर्न सकिने परिस्थिति हुँदाहुँदै पनि सरकारको उदासिनताका कारण देशभरि कोभिड—१९ संक्रमण फैलदै गएको आरोप लगाइएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


