साँखुमा श्री वज्रयोगिनीको मुख्य जात्रा सम्पन्न

साँखुमा श्री वज्रयोगिनीको मुख्य जात्रा सम्पन्न

मेट्रो संवाददाता

१९ वैशाख २०७८ २१:२७

Add title

काठमाडाैं, वैशाख १९ । कोभिडका कारण मूख्य जात्रा नहुने होकि भन्ने  पनि साँखुबासीहरुबिच मुख्य जात्रा गर्नै पर्ने भन्ने सरसल्लाह अनुसार उक्त जात्रा सम्पन्न गरिएको हो । स्वास्थ्यर सुरक्षालाई मध्यनजर गर्दै जात्राको क्रममा स्वयंसेवकहरूद्वारा सहभागीहरुलाई मास्क वितरण गरिनुका साथै सबैले मास्क लगाएका थिए भने स्यानिटाइजर पनि छर्केका थिए ।

साँखुस्थित बज्रयोगिनीको जात्रा चैत १४ गते मंगलबारदेखि शुरु भएको थियाे ।

साँखुमा मुख्य जात्राको क्रममा बिहान सखारै शुद्ध जल ल्याई पञ्चस्नान पश्चात गुँ बिहार (वज्रयोगिनी) र महांकालमा पूजा पश्चात मन्दिरमा रहेका अन्य देवदेवीलाई नयाँ वस्त्र चढाईन्छ जसबाट गुँ विहारका देवताहरु सिंघिनी र व्यांघिनीलाई स्वर्ण कपडाको लुगा लगाई दिने गरिन्छ ।

सो दिन दिनरात देवढोका खुल्लै राखिन्छ । सरकारी पूजा गरी फर्केपछि साँखुका पाःलाको टोलमा आई अन्य देवदेवीहरुलाई पूजा गरी त्यहाँ पनि नयाँ वस्त्र चढाइन्छ ।

जात्रामा ब्याधिनी, सिघिंनी बज्रयोगिनी तथा चैत्यलाई बज्रयोगिनी मन्दिरको आशनबाट निकाली जात्रा सहित साँखु शहरमा ल्याइन्छ । स्थानीयका अनुसार शंखदेवको पालादेखि चलिआएको यो जात्रा लाई गुँ बिहारका नवौं पुस्ताका पुजारी जोगदेवले स्थापना गरिदिएको मणिशैल महावर्दान कथामा उल्लेख गरेएको पाइन्छ ।

शंखरापुर वंशावली अनुसार कलिगत सम्बत् १८१८ वर्ष पूर्वदेखि यो जात्रा ल्हुति पुर्णिमाको दिनदेखि नाै दिनसम्म मनाइन्छ । चैतेदसैंको दिन जात्रा सुरु भएको संकेतस्वरूप नायखीं बाजा बजाएर नगर परिक्रममा गरेर झयाली पिटिन्छ ।

त्यस दिनदेखि साँखु नगरभित्रका बासिन्दाले छाला जुत्ता लगाउन, छाता ओढ्न, पुरानो घर भत्काउन, नयाँ बनाउन, साहुले ऋण असुल्न, हात्ती घोडा चढ्ने गर्न नपाउने मान्यता छ।

साँखुका इतिहासविद्का अनुसार मल्लकालमा जात्रा अवालेकन गर्न हात्ती घोडा चढेर आउने राजारानीसमेत नगर प्रवेश गर्न पदैल हिँडेर आउने इतिहासमा उल्लेख छ।

ऐतिहासिक महत्वको यो जात्रामा जयप्रकाश मल्लको पालासम्म राजा आफैँ अगाडि लगेर आदेश दिँदै यो जात्रा चलाउने गरिएकोमा पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका एकीकरण गरेपछि भने राजाको खड्गलाई अगाडि लगाई जात्रा सम्पन्न गर्ने गरिएको इतिहासविद्हरूके भनाइ छ ।

मुख्य जात्रा भनी सो दिन जोगि चक्कर पूजा भनी साँखुको साल्खा टोल र चकुं केब गरी दुई ठाउँमा मनाइन्थ्यो भने आजकल साल्खा टोलमा मात्र मनाइदै आएको छ । यो जोगि चक्कर पूजा नसकाइकन मुख्य जात्रा शु्रु गरिदैन ।

मुख्य जात्राको दिन देवताहरुलाई खतमा बिराजमान गराई साँखु नगर परिक्रमा गराइन्छ । यस दिनको जात्राको क्रममा इल्ला टोल र पुखुलाछि टोलको बिचमा रथ पुगेपछि मरि कसि (मिठाईले भरिपूर्ण घडा) अर्पण गरिन्छ ।

मुख्य जात्राको दिन गुरुजुहरुको आगममा रहेको बसुन्धरा माजुको पनि जात्रा हुन्छ । तर बसुन्धरा माजुको खत भुईमा राख्न नहुने चलन छ । किनभने बसुन्धरा माजु विमानमा सवार भई म्हासुख्वाः माजु (वज्रयोगिनी माई)को जात्रा हेर्न आएको भनिन्छ । यहाँ चार दिनसम्म बसुन्धरा माजु वज्रयोगिनी माई र चिभाः द्य (स्तुपा) सँगै पूजा आजा गरिन्छ ।

परापूर्वकालमा साँखु शंखरापुरका राजा शंखदेवलाई श्री उग्रतारा वज्रयोगिनीले दर्शन दिन आउने बचन स्वरुप मुख्य जात्रा गर्ने गरी आएको भनिन्छ । यसैकारण गुँ बिहार (वज्रयोगिनी) मा राजाहरु जानु हुँदैन भन्ने आख्यान अद्यापि प्रचलनमा छ ।

काठमाडौँ उपत्यकामा जमेको पानीलाई चोभारबाट उपत्यका बाहिर कटाएपछि ओभानो बनेको उपत्यकामा साँखु नै पहिलो र ऐतिहासिक बस्ती भएको इतिहास रहेको स्थानमा तीन हजार ३०० वर्ष अघिदेखि चलेको जात्रा उपत्यकाकै पुरानो जात्रमा पर्ने इतिहासविद्हरूके भनाइ छ ।

मुख्य जात्राको दिनदेखि ग्वसि (टुक्रा नगरिएको रुखको एक भाग) बालि राख्ने चलन छ । यसै दिनबाट साँखुमा देवाःमतः (एक विशेष आकारको दियो) बालि भक्ति भाव सहित पूजा अर्चना गर्ने गरिदै आएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता