सिथी नख

सिथी नख

मेट्रो संवाददाता

३ असार २०७८ २३:१६

रिचय

हरेक वर्ष वि.सं अनुसार ज्येष्ठ शुक्ल षष्ठी तथा ने.सं अनुसार तछलाथ्व षष्ठी तिथिको दिनलाई नेवा: समुदायले सिथी नख:को रुपमा मनाउँदै आएको पाइन्छ।

कुमार षष्ठीको नामले पनि चिनिने यो पर्वलाई, इतिहासकारका अनुसार षष्ठी शब्दबाट नै सिथी शब्द आएको मान्दछन्।

सिथी नख: उपत्यका तथा देशभरि छरिएर विभिन्न स्थानमा रहेको नेवा: समुदायले आ-आफ्नै रितिथिती अनुसार मनाउने गर्दछन्।

सिथी नख:लाई फू नख:, सित्तिकँ वगु नख:, म्हाय् मचा नख: आदि विभिन्न नामले चिनिन्छ भने वर्ष भरि मनाइने पर्वहरु मध्ये यसलाई अन्तिम पर्वको रुपमा लिइन्छ। सिथी नख: पछि वर्षायामा सुरु हुने र यस सँगै धान रोपाईँमा व्यस्त हुने भएकोले यसलाई अन्तिम पर्व र रोपाइँ पछि सुरु हुने गथांमुग: पर्वलाई पहिलो पर्वको रुपमा लिने गरिन्छ।

याे पनि पढ्नुहाेलाः अन्तिम पर्व सिथि नखः

परम्परा_रितिरिवाज

सिथी नख:को दिन मुख्य रुपमा कुमार र धर्तिलाई पूजा गर्ने प्रचलन रहेको पाइन्छ। प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने यो पर्वमा सिथी द्य: को रुपमा श्री कुमारलाई पूजा गर्ने परम्परा रहेको छ भने यस दिन बिहे गरेर गइसकेका छोरी चेलीबेटीलाई घरमा पाहुना निम्तो दिएर बोलाउने गरिन्छ।

यसदिन मास, मुङ्गी, मुसुरो, केराउ, चनाको व: बनाउने गरिन्छ भने चतामरी समेत गरि ६ प्रकारको व: खाने परम्परा रहेको छ। यस दिन पीठोको सुख्खा रोटी बनाएर खान नहुने मान्यता पनि रहेको पाइन्छ।

सांस्कृतिक_पक्ष

सिथि नख: प्रकृतिसँग प्रत्यक्ष सम्बन्ध राख्ने पर्व हो।

ग्रिष्म ऋतु र वर्षा ऋतुको मध्यमा मनाइने यो पर्वले पानीको स्रोत र पानीको महतब बोकेको छ।

यसदिन आफ्नो टोल वरिपरि रहेको इनार, कुवा, ढुंगेधारा,पोखरी, कुलो जस्ता विभिन्न पानीको स्रोतहरु रहेको ठाउँमा सबैजना मिलेर सरसफाइ गर्ने गरिन्छ। ती ठाउँमा जमिरहेको फोहोर, बालुवा, घाँसपात, लेउ, जलकुम्भीहरु निकालेर सफा गरि वर्षायामको लागि तयारी गर्ने यो परम्परा निकै नै वैज्ञानिक मान्न सकिन्छ।

ग्रीष्म ऋतु अर्थात् फाल्गुन-चैत्र-वैशाखको समयमा खासै वर्षा नहुने भएकोले पानीका यी स्रोत रहेको ठाउँमा पानी कम भएको हुन्छ तथा यो समयमा आउने हावा हुरीले पानी फोहोर गरेको हुन्छ, या भनौं धुलो मिसिएको हुन्छ।

वर्षायाम भनेको पर्याप्त मात्रामा पानी पर्ने समय हो, नयाँ पानी सञ्चय गर्ने समय पनि हो। त्यसैले वर्षायाम सुरु हुनु ठीक अगाडि पानीका विभिन्न स्रोतहरु सफा गरेर तयारी गर्नु अति नै स्वागतयोग्य तथा दुरदर्शिता भएको संस्कृती हो।

इनार सफा गर्नु जोखिमपूर्ण काम हो, तर हाम्रा अग्रजहरुले राम्रो विचार पुर्याएर सावधानी अपनाएको पाइन्छ।

परम्परागत विधि अनुसार इनारमा पस्नु अगाडि नागको पूजा गरिनुपर्दछ र इनार भित्र पस्नु अगाडि विशेष तरिकाले बलिरहेको बत्ती तल पानी भएको ठाउँसम्म पठाउने गरिन्छ।

यदि यो बत्ती भित्र पठाउने क्रममा आगो निभेमा इनारभित्र जान नहुने मान्यता रहेको छ भने, यसो भएमा ३ दिन पछि पुन: जाँच गर्ने गरिन्छ।

यो परम्परालाई गहिरिएर हेर्ने हो भने, यो इनार भित्र रहेको अक्सिजनको मात्रा जाँच गर्ने विधि हो।

अक्सिजनको मात्रा कम भएको स्थानमा आगो निभ्छ, बल्दैन र यदि अक्सिजनको मात्रा कम भएको समयमा इनार भित्र गयो भने त्यहाँ सास फेर्न गाह्रो भइ अप्रिय घटना घट्न सक्छ।

यसरी वर्षा सुरु हुनु भन्दा अगाडि पानीको स्रोतहरु तथा आफ्नो टोल छिमेक सफा गर्ने परम्पराले सरसफाईमा ध्यान दिनुपर्ने कुराको सन्देश दिन्छ।

देवाली_परम्परा

सिथी नख: लाई देवाली अर्थात् कुलपूजा मनाउने अन्तिम दिनको रुपमा लिइन्छ। विभिन्न स्थानमा विभिन्न समयमा देवाली मनाइएत पनि, केही कारणवश कुल पूजा गर्न नपाएका, कुलपूजा गर्ने तिथि थाहा नभएर अन्योल रहेकाहरुले सिथी नख:को दिन आफ्नो कुल पूजा मनाउने गर्दछन्।

हराएको_परम्परा

सिथि नख:को दिन आफ्नो खेतमा गएर बँ पूजा अर्थात् भूमी पूजा गर्नु एक प्राचीन परम्परा हो।

सिथी नख: को दिन पहिलो बँ पूजा भनी खेतको आलीमा पूर्व फर्केर सुर्य दर्शन गरि अन्न राम्रोसँग फलोस, घाम पर्याप्त पुगोस्, रोग्व्याधी लागेर खेती नबिग्रोस भनी पूजा गर्ने यो परम्परा हाल लगभग हराइसकेको छ।

सिथी नख: को दिन पहिलो पूजा गरिसकेपछी पूर्णिमाको दिन दोस्रो बँ पूजा उत्तर फर्केर मेघलाई र हिमालयलाई सम्झेर पर्याप्त वर्षा होस, सुख्खापन नहोस, अनिकाल नपरोस भनी पूजा गरिन्छ भने यस पछि मात्र रोपाइँ सुरु गर्ने पुरानो परम्परा रहेको छ।

यसैगरी यस दिन कागजको फय् गुलि अर्थात् कागजको पंखा बनाएर चढाउने तथा कौसीमा राख्ने र घुमाउने पनि गरिन्छ जुन हराइसकेको छ।

जात्रा_तथा_पर्व

सिथी नख:को दिन काठमाडौको न्हूघ: टोलमा रहेको सिथी द्य: जात्रा गर्ने परम्परा रहेको छ जुन धेरै वर्षदेखी बन्द भएको छ।

तृतियाको दिन कुमार दबलीमा महास्नान गराइ विभिन्न पूजा गरि आजको दिन कुमार सिथी द्य: को जात्रा गर्ने गरिन्छ।

यसैगरि थिमिमा पनि आजको दिन थिमी करुणामयको भव्य खट जात्रा गर्ने गरिन्छ। प्रतिपदाको दिन महास्नान गराए पश्चात् विभिन्न पूजाहरु गरि आजको दिन जात्रा गर्ने परम्परा रहेको पाइन्छ।

लेख : Frannkey Franz

तस्बिर: Kritan JoshiChanira Bajracharya

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता