दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिदै

दश हजारकाे एकैपटक एन्टिजिन र पिसिआर परीक्षण गरिदै

मेट्रो संवाददाता

४ असार २०७८ १६:४६

भक्तपुर, असार ४ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । मध्यपुरथिमि नगरपालिकाले प्रत्येक वडामा शनिबार बिहान १०ः०० देखि ५ः०० बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजिन र पिसिआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

जिल्लामा सङ्क्रमित र मृत्यु दर सबभन्दा बढी हुने सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलोपटक एकैचोटि एन्टिजिन र पिसिआर परीक्षण गरी कोभिड–१९ सङ्क्रमणको विश्लेषण गर्ने भएको हो । “हाम्रो नगर क्षेत्रमा हाम्रा नागरिक कोरोनाबाट कति सुरक्षित छन्, जोखिमको अवस्था कस्तो छ, भावी रणनीति कस्तो बनाउने भनेर विभिन्न कोणबाट विश्लेषण गर्न नगरपालिकाले नगर क्षेत्रका नौवटा वडामा एकै पटक १० हजार व्यक्तिको एन्टिजिन र पिसिआर परीक्षण गर्दैछौँ”, नगरप्रमुख श्रेष्ठले भने, “चीनले यही विधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, नगरपालिकाले नेपालमा पहिलोपटक यो मोडलमा परीक्षण गर्ने भएको हो ।”

त्यसका लागि नगरपालिकाले करीब रु ३५ लाख खर्च गर्ने भएको छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ । नगरपालिकाले वडा नंं १ को निर्मल बैँक्युट, २ को महेन्द्र निमावि जातिगाल, वडा नं ३ को वडा कार्यालय कौशल्टार, वडा नं ४ को जनआदर्श क्याम्पस, वडा नं ५ को भुँलाखेल पुरानो वडा कार्यालय, वडा नं ६ को स्वास्थ्य चौकी, वडा नं ७ को स्वास्थ्य चौकी, वडा नं ८ को नर्थ प्वाइन्ट महल र वडा नं ९ को स्वास्थ्य चौकी भवनमा स्वाब सङ्कलन गरिने जनाएको छ ।

एन्टिजेनको २० मिनेटमा रिपोर्ट आउने र पिसिआर परीक्षणको रिपोर्टसहित २४ घण्टाभित्र दुवै रिपोर्ट सार्वजनिक गरिने भएको छ ।

सो नगरपालिकामा मात्र कोरोनाको पहिलो र दोस्रो लहरमा छ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरमा तीन हजार ९०८ पुरुष र तीन हजार ३५९ महिला गरी सात हजार २६७ व्यक्ति सङ्क्रमित भएका छन् । हाल ८४ पुरुष र ९० महिला गरी १७४ सक्रिय सङ्क्रमित रहेका छन् भने आठजना अस्पतालमा उपचाररत रहेका छन् । अठासी जना होम आइसोलेशनमा र सात हजार दुईजना निको भएका छन् । सङ्क्रमितमध्ये जिल्लामा सबभन्दा बढी मध्यपुरमा ९१ व्यक्तिको मृत्यु भएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता