मेट्रो संवाददाता
११ असार २०७८ २३:४१
काठमाडौं,असार ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले पद बहाली गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालय एवं सम्बद्ध निकाय प्रमुखहरु, पदाधिकारीहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
पदभार ग्रहण एवं स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले कानूनको अधिनमा रही विधिपूर्वक राष्ट्र निर्माणको अभियानमा लाग्न सबैमा अनुरोध गरे । संविधानको पालना, मौलिक हकको संरक्षण, जनतालाई सुसूचित गराउने दायित्व सरकारको भएको र सोही अनुरुप मन्त्रालयको जिम्मेवारी हुने भएकाले इमान्दारी र उत्तरदायी बन्न उनले आव्हान गरे ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा गर्ने एक प्रमुख निकाय भएकाले प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाहको सहकार्यमा आउनसक्ने बाधा अड्चन फुकाउन, कोभिड कहर, प्राकृतिक विपत्तिको सामना गर्न तथा मन्त्रालय सम्बद्ध नीति कार्यक्रम कार्यान्वय गर्न आफू सहयोगी साथीको रुपमा रहनेमा उनले विश्वास दिलाए ।
कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालय एवं सम्वद्ध १८ वटा निकायहरुको क्षेत्रगत एवं विधागत जिम्मेवारी प्रष्ट पारे । समग्र सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सचिवस्तरीय एकीकृत सञ्चार तथा सूचना प्रविधि नीति तर्जुमा समिति गठन भएको जानकारी समेत दिएकाे टेकपानाले जनाएकाे छ ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


