काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप रु १ करोड अनुदान

मेट्रो संवाददाता

१५ असार २०७८ १६:०२

काठमाडाैं, १५ असार २०७८ ।

काठमाडौ महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माणका लागि थप रु एक करोड रुपैयाँ अनुदान दिएको छ ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भइरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो ।

सो अवसरमा काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक राजेश शाक्यले काठमाडौ महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा रु ११ करोड ५० लाख उपलब्ध गराएको र करीब १२ करोडमा काम सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।

‘पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भइसकेको छ, अब छिट्टै उद्घााटनको चरणमा पुग्नेछौं,’ शाक्यले बताउनुभयो । ‘समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणलाई निरन्तरता दिदैँ आएका छौँ ।’

काठ अभावका कारण काममा सामान्य ढिलाई भएको तर अहिले त्यो समस्या पनि समाधान भैसकेको उहाँले बताउनुभयो । रौतहटलगायतका जिल्लाबाट काठ ल्याई हेटौडामा चिरान गरेर काठमाडौं ल्याउँदै आएको शाक्यले बताउनुभयो ।

सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको र माटो, इँटा र काठ पनि पुरानै शैलीकै प्रयोग भएको जानकारी पनि शाक्यले दिनुभयो ।

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो ।

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले सुरुमै ५० लाख दिएको थियो । पछि दुई पटक पाँच–पाँच करोड गरी महानगररपालिकाले अहिलेसम्ममा कुल रु ११ करोड ५० लाख उपलब्ध गराइसकेको छ ।

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताउनुभयो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता