‘देउवाले विश्वासको मत लिन नसकेको अवस्थामा फेरी केपी ओली प्रधानमन्त्री’

‘देउवाले विश्वासको मत लिन नसकेको अवस्थामा फेरी केपी ओली प्रधानमन्त्री’

मेट्रो संवाददाता

१ साउन २०७८ १८:३५

काठमाडाैं, १ साउन २०७८ ।

सर्वोच्च अदालतको फैसलावाट शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । उनले सानो मन्त्रीमण्डल विस्तार समेत गरिसकेका छन् ।

अब मन्त्रीमण्डल विस्तारको तयारीमा रहेका देउवाका अगाडी सरकारलाई निरन्तरता दिन अझै ठूलो चुनौती छ । उनले एक महिना भित्रै संसदवाट विश्वासको मत लिनुपर्छ ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । देउवा साँझ सवा ५ बजे नेता नेपालको निवास कोटेश्वर पुगेका हुन् । माधव नेपाल पक्षका २३ जना सांसदको समर्थनका कारण देउवा प्रधानमन्त्री बनेका थिए ।

उता, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललाई अब पार्टीमा कुनै स्थान नभएको दोहोर्याएका छन् । उनले नेपाललाई अपराधिको संज्ञा दिएका छन् ।

सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउने अपराध नेपालले गरेको बताए।

नेकपा एमालेमा देखिएको विवाद समाधान भएर माधव कुमार नेपाल समुहले उनलाई साथ दिएन भने देउवाको प्रधानमन्त्री यात्रा टुंगीन सक्ने सम्भावना पनि छ । यस्तो अवस्थामा नेकपा एमालेका युवा नेता महेश बस्नेतले एक महिनापछि फेरि केपी ओली सत्तामा पुनस्थापना हुन सक्ने दावी गरेका छन् । एक महिनाभित्र शेर बहादुर देउवाले विश्वासको मत प्राप्त गर्न नसक्ने र फेरी ओली नै प्रधानमन्त्री हुने उनको दावी हो ।

देउवाले विश्वासको मत लिन नसकेको अवस्थामा संसदमा ठूलो पार्टी भएको हैसियतमा ओलीले फेरी प्रधानमन्त्री दावी गर्न सक्ने बस्नेतको तर्क हो । केपी शर्मा ओलीलाई बालुवाटारबाट बालकोटसम्म स्कर्टिङ गर्ने क्रममा बस्नेतले यस्तो बताएका हुन् । उनले भने, ‘एक महिनापछि एमाले र जसपा मिलेर ७६ (५) को प्रधानमन्त्रीमा केपी ओलीले दावी गर्न पाउने कि नपाउने ? देउवाको दावीलाई मान्यता दिने अदालते एमाले र राजपाको दावीलाई मान्यता दिन्छ कि दिँदैन ’ ?

देउवाले विश्वासको मत लिन नसके ओलीकै योजना अनुसार मुलुक निर्वाचनमा जाने उनको भनाई छ । बस्नेतले भने, ‘एक महिनापछि केपी ओली फेरि पुनस्थापना हुने सम्भावना छ । तर, यदि जालसाँजी गरियो भने पनि ६ महिनापछि हुने चुनावमा एमालेलाई कसैले छेक्न सक्दैन । एमाले बाघ हो । बाघ र सिंहसँग लड्न स्यालहरूले हुल बाँधेर आउनुपर्छ ।’

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता