भिव रावलद्वार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा;  देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेष्ठकर

भिव रावलद्वार प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा; देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेष्ठकर

मेट्रो संवाददाता

३ साउन २०७८ १७:५१

काठमाडाैं, ३ साउन २०७८ ।

नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभाकाे सदस्य पदबाट राजीनामा दिएका छन् ।

देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेष्ठकर भएको भन्दै निर्वाचन क्षेत्र नं १ अछामबाट निर्वाचित रावलले राजीनामा दिएका हुन् ।

‘राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको हतियार हुनुभन्दा त्यसबाट अलग हुनु राम्राे भएकोले उक्त प्रकारको दुषित खेलबाट आफुले अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु’, रावलले भने ।

आइतबार प्रतिनिधिसभाकाे सदस्य पदबाट राजनीतिक दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा गरेको रावले भने ।

‘केहि समय यता राजनीतिक बृत्तकाे नेतृत्व तहमा देखिएकाे चरम सत्ता र पद लिप्चा एवं निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास गरेको देख्दा कुनै पनि सच्चा देशभक्त लोकतन्त्र प्रेमी नेपालीको मन रून्छ’, उनले भने ।

राजीनामा दिन्छु भनेर हिँडेका रावलको पछि–पछि सांसद सुरेन्द्र पाण्डे पनि पुगेका थिए। 

एमालेको माधवकुमार नेपाल समूहमा रहेका रावल र पाण्डे पार्टी एक गराउने अभियानमा निरन्तर छलफलमा छन्। 

‘सम्माननीय सभामुखज्यू, (त्यही बेला उनको पछाडि नेता पाण्डे पुगे र उनको हात समाउँदै भने– भित्र जाऊँ, कुरा गरौँ, एकपटक जाऊँ न हिँड्नुस्!)’ 

तर, रावलले मानेनन्, हात हटाउँदै भने, ‘नगर्नु है मलाई, प्लिज, प्लिज, प्लिज! मलाई पत्रकारसँग कुरा राख्न दिनुस्!’ 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता