मेट्रो संवाददाता
२० साउन २०७८ ०:४८
काठमाडौं, १९ साउन २०७८ । राष्ट्रिय युवा नेपाल कामपा १५ वडा कमिटीको नेतृत्वमा काठमाडौं क्षेत्र नं ८ कामापा १५ वडा युवा महिला युथफोर्स कमान्डरहरुको भेला कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं महिला विभाग प्रमुख उर्मिला सुनुवार ज्युको प्रमुख आतिथ्यमा मंगलबार सम्पन्न भएकाे हाे ।
कार्यक्रमलाइ सम्बाेधन गर्नेक्रममा प्रमुख अतिथि सुनुवारले राष्ट्रिय युवा नेपालले हरेक युवा महिलालाई राजनीति, कानुनी एवं आर्थिक पातोमा अब्बल बनाउने बताउनुभयाे ।
सुनुवारले आउँदाे २३ गतेको वृहत् युवा महिला भेला एवं महिला युथफोर्सको मार्चपास कार्यक्रममा युवा महिलाको सक्षमता प्रस्तुत गर्नकाे लागि उपस्थिती जनाउन सबै महिलाहरुलाइ निर्देशन दिनुभयाे ।
उहाँले कार्यक्रम सफल पार्न सबै युवा महिला कमरेडहरुलाई आफ्नो हरेक क्षेत्रमा धेरै भन्दा धेरै युवा महिलाहरु लाई उपस्थित गराउन पनि निर्देशन दिनुभयाे ।
बृहत युवा महिला भेला एवं महिला युथफोर्स कमान्डर घोषणाले नेपालका हरेक युवा महिलाहरुको राजनीतिक शभ्यता पहिचान दिन सक्षम संगठन राष्ट्रिय युवा संघ नेपाल मात्र रहेने उहाँले बताउनुभयो।
कार्यक्रममा अतिथिको रूपमा राष्ट्रिय युवा संघ नेपालका काठमाडौं क्षेत्र नं ८ तथा ९ का उत्प्रेरक राष्ट्रिय युवा संघ केन्द्रिय सचिव महाराजा गुरुङ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचीव सीता सुवेदी, सुमित्रा बोगटी राष्ट्रिय युवा संघ नेपाल स्थाइ कमिटीका सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज शिव कुमार महर्जन, राष्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य एव काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य निसार उद्दिन, कामपा १५ वडा सदस्य अनिता परियार, नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, अनेमा संघ जिल्ला सचिवालय सदस्य बिमला थापा, नेकपा एमाले काठमाडौं महानगर सदस्य एवं उपत्यका युथफोर्स कमान्डर उद्दव खड्गी लगायत राष्ट्रिय युवा संघ नेपालका युवा महिलाज्युहरुको उपस्थिति रहेको थियो।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


