ढुङ्गा लागेर पैदलयात्रीको मृत्यु

ढुङ्गा लागेर पैदलयात्रीको मृत्यु

मेट्रो संवाददाता

३१ साउन २०७८ १८:३०

रसुवा, ३१ साउन । पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहनुभएको छ ।

उहाँको मृत्यु दोभेन र रिम्चेबीच बम्बो इलाका क्षेत्रमा भएको थियो । भ्रमण सम्पन्न गरी लाङ्टाङ्बाट स्याफ्रुबेँसीतर्फ फर्किंदै गर्दा एक्कासि भिरबाट खसेको ढुङ्गाले शरीरमा चोट लागेका लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।

यही साउन २६ गते घुमफिरका लागि सेर्पागाउँको पदमार्ग हुँदै उहाँसहित अन्य तीन साथी लाङ्टाङ्तर्फ जानुभएको थियो । फर्कने क्रममा खोला किनारको बाटो हुँदै फर्किरहेको अवस्थामा घटना भएको हो ।

शवलाई नेपाल प्रहरीले घटनास्थलबाट रिम्चे पु¥याएको र स्याफ्रुबेँसी झार्नका लागि नेपाली सेना पठाइसकिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्वारकर्मी सुरक्षा अङ्गले आज साँझसम्म धुञ्चे पु¥याउने छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता