मेट्रो संवाददाता
२ भदौ २०७८ १८:३१
काठमाडाैं, २ भदाै । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएका छन्।
बागमती प्रदेशको सत्ता पक्षले संसदीय दलको नेता परिवर्तन गरे लगतै उनले राजीनामा दिएका हुन् ।
पौडेलको राजीनामापछि बसेको संसदीय दलको बैठकले प्रदेशसभा सदस्य तथा एमाले नेत्री अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ ।
प्रस्तावमा एमालेले दलको नेतामा एमाले नेत्री शाक्यलाई सर्वसम्मत चयन गरेको संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।
संसदीय दलको नेतामा चयन गरेको पुष्टि गर्दै नेत्री शाक्यलाइ पूर्व शिक्षामन्त्री कृष्णगाेपाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् ।
बागमती प्रदेशको संसदीय दलकोआज बसेकाे बैठकले दलकाे नेतामा नेकपा (एमाले ) का उपाध्यक्ष माननीय कमरेड अष्टलक्ष्मी शाक्य सर्बसम्मत निर्वाचन हुनु भयो। हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना।
शुभकामना दिनेक्रममा वाग्मती प्रदेशसभा सांसद राजेशकाजी शाक्यले अष्टलक्ष्मी शाक्यलाई सामाजिक सञ्जालमार्फत बधाइ एवं कार्यकालकाे शुभकामना दिएका छन् ।
त्यस्तै वाग्मती प्रदेशसभा सांसद डा. अजय क्रान्ति शाक्यले सामाजिक सञ्जालमार्फत बधाइ दिएका छन् । नेकपा (एमाले ) बागमती प्रदेश संसदीय दलकाे नेतामा पार्टी उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्य चयन हुनु भएकाेमा हार्दिक बधाई छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


