मेट्रो संवाददाता
१९ कार्तिक २०७८ १८:००
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनुभएको छ । शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्र स्थापन भएपछिको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय गरेको जानकारी दिनुभयो ।
नेपाल सम्बत ११४२ का अवसरमा गोदावरी नगरपालिका–१४ द्वारा आज आयोजित शुभकामना आदानप्रदान तथा ¥यालीलाई सम्बोधन गर्दै मन्त्री भुसालले भन्नुभयो, “प्रचण्ड नेतृत्वको पहिलो सरकारको क्याबिनेटबाट नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरेको थियो, त्यतिखेर म सामान्य प्रशासन मन्त्री थिए ।” यस्ता अधिकार प्रतिगमनकारीले खोस्न सक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिँदै उहाँले प्रतिगमनको विपक्षमा अग्रगमनको पक्षमा निरन्तर लाग्न जनतासमक्ष अपिल गर्नुभयो ।
सङ्घीयताले देश टुक्राउँछ भन्ने राजनीतिक सोच राख्ने राजनीतिक दलका कारण पनि नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा देशभर कार्यान्वयन गर्न नसकिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “पहिचानसहितको सङ्घीयता कार्यान्वयनका लागि निरन्तर सङ्घर्ष आवश्यक छ ।” आफू निरन्तर जनताको पक्षमा रहेको भन्दै उहाँले जनताको चाहना बाहिर गएर कुनै पनि निर्णय नगर्ने स्पष्ट पानुभयो ।
कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका देशभर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिँदै त्यसका लागि आम नागरिक एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


