कांग्रेस बागमती प्रदेश अधिवेशन सुरु

कांग्रेस बागमती प्रदेश अधिवेशन सुरु

मेट्रो संवाददाता

१६ मंसिर २०७८ १८:०५

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आजदेखि हेटौँडामा बागमती प्रदेश अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमवाट सो अविधेशनको उदघाट्न गर्नुभयो ।

सो अधिवेशन तीन दिनसम्म चल्नेछ । उक्त अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका करिब दुई हजार अधिवेशन प्रतिनिधिको सहभागिता रहेको छ ।

उद्घाटन समारोहमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले राष्ट्रमा सङ्कट परेको बेला कांग्रेसले निकास दिने गरेकाले यस अधिवेशनबाट सही नेतृत्व चयन गर्न अधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

कांग्रेसले देशमा सधै नेतृत्वदायी भूमिका खेलेको बताउँदै उहाँले कांग्रेस लोकतान्त्रिक, सिद्धान्तवादी तथा शान्तिमा विश्वास राख्ने पार्टी भएको बताउनुभयो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले यो अधिवेशन चुनौती र अवसरका रुपमा रहेकाले यसले सही र उत्तरदायी नेतृत्वलाई चयन गर्नुपर्ने बताउनुभययो । उहाँले आउँदो आम निर्वाचनमा कांगे्रसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

अधिवेशनका संयोजक तथा नेता सिहंको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेता राजन केसीले सो अवसरमा अधिवेशन सफलताको कामना गर्नुभयो ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता