मेट्रो संवाददाता
२२ मंसिर २०७८ २१:००

नेपाली कांग्रेसको संस्थापन इतर समूहको सभापतिको साझा उम्मेदवार तय गर्न बसेको बैठक विना निष्कर्ष सकिएको छ । पार्टीका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिबारीमा आज साँझ बसेको बैठकमा सभापतिको आकाङ्क्षीबीच कुरा मिल्न नसक्दा विना निष्कर्ष टुङ्गिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता गुरुराज घिमिरेले उम्मेदवार चयन प्रक्रिया सकारात्मक रहे पनि अन्तिम टुङ्गोमा पुग्न भने नसकिएको बताउनुभयो । “भोलि बिहान ८ बजे केन्द्रीय समितिका साथी बसेर साझा उम्मेदवार चयन गर्नेछौँ”, उहाँले भन्नुभयो ।
कांग्रेस नेता डा रामशरण महतले अधिकांश नेताहरुको मिलेर साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रहेको भन्दै भोलि बेलुकासम्म साझा उम्मेदवार चयन गर्ने बताउनुभयो । कांग्रेसको संस्थापन इतर समूहमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, पूर्वमहामन्त्री सिंह र नेता डा शेखर कोइराला सभापतिको आकाङ्क्षी हुनुहुन्छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


