नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को कीर्तिपुर नगर कमिटी घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को कीर्तिपुर नगर कमिटी घोषणा

मेट्रो संवाददाता

२४ मंसिर २०७८ २२:००

मुलुकका आम जनताको हित गर्ने पार्टी भन्दै आइरहेकाे नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) को कीर्तिपुर नगर कमिटी घोषणा गरेको छ । शुक्रबार कृष्ण क्याटरिङमा भएको एक कार्यक्रममा प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुषालले कीर्तिपुर नगर कमिटी घोषणा गर्नुभएको हो ।

घोषित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) कीर्तिपुर नगर कमिटीमा अध्यक्ष रोहित महर्जन, उपाध्यक्षद्वय अशोक थापा र रिता खड्का, सचिव गृष्माकिरण महर्जन, उप–सचिवद्वय रविन्द्र शाही र नारायणहरि थापा रहनु भएको छ भने सदस्यहरूमा साजन श्रेष्ठ, रोशन महर्जन, ई. सनिस महर्जन, राजेन्द्र तोलाङ्गे, भानु रिजाल, प्रज्जवल महर्जन, ई.करुण महर्जन, प्रविण महर्जन, सुशिला परियार, रोशन महर्जन, राजकुमार थापा, सौरभ शर्मा, विट्टु थापा, भरत विष्ट, दिपेन्द्र तण्डुकार, आकाश थापा, उजेन महर्जनलगायत ५२ जना रहनुभएको छ ।

नवगठीत कमिटीका पदाधिकारीहरूलाई प्रमुख अतिथि भुषालले सपथ ग्रहण गराउनुभएको थियो । तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पि. शर्मा ओलीले असंबैधानिकरुपमा दुई पटकसम्म संसद विघटन गर्दा सशक्त विरोध गरिरहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले अलग्गै पार्टी दर्ता गर्दा सो समूहका बद्री बुढाथोकीको अध्यक्षतामा कीर्तिपुर नगर तदर्थ कमिटी बनाइ पार्टीको गतिविधि अगाडि बढाइरहेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता