नेतृत्वको लागि अघि बढ्न नेवार समुदायलाई आग्रह

नेतृत्वको लागि अघि बढ्न नेवार समुदायलाई आग्रह

मेट्रो संवाददाता

१४ पुष २०७८ १५:२१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले विगतका दिनमा सम्पन्न र विकसित जातिको रुपमा रहेको नेवार समुदायको अवस्था अहिले पनि संकटमा पर्दै गएको विचार राख्नुभएको छ ।

काठमाडौंमा नेवाः जातिय महासंघले आयोजना गरेको ‘नेवाःको भविष्य’ विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री श्रेष्ठले गोरखा राज्य विस्तारपछि सुरु भएको नेवारमाथिको भाषिक, आर्थिक, सामाजिक र राजनीतिक दमन आजको दिनसम्म कुनै न कुनै रुपमा निरन्तर भइरहेको श्रेष्ठले भन्नुभयाे ।

‘गएका दिनमा विदेशमा मन्दिर, विहार, मूर्ति आदि बनाउनुपरे नेपालबाट कलाकार बोलाउने गथ्र्यो र त्यस्ता प्राय कलाकारहरु नेवार समुदायबाटै हुने गर्दथ्यो । तर, आज नेपालमा केही बनाउनुपरे भारतबाट कामदार झिकाउनुपर्ने अवस्था आयो’ श्रेष्ठले भन्नुभयो ।

अहिलेको संघीय शासनमा सबै जाती, सबै समुदायले साझा शासन चलाउन सकिने अवस्थामा अवसरको सदुपयोग गर्दै अघि बढ्न श्रेष्ठले सुझाव दिनुभयो । ‘अहिले देशमा संघीय शासनमा हरेक जातिको पहिचान स्थापित हुने अवसर छ । विभिन्न स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको रुपमा साझा शासन गर्न सक्ने अवसरलाई सदुपयोग गर्दै अब उत्पीडित समुदाय पनि अगाडी बढ्न सकिने समय छ’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

त्यस्तै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अवसर भएको समयमा एक आपसमा दोषारोपण, विरोध गरेर बस्नुभन्दा अवसरको सदुपयोग गर्नमा लाग्न आग्रह गर्नुभयो ।

रानीपोखरी, कमलपोखरी लगायतका सम्पदा पुनर्निर्माणको प्रसङ्ग कोट्याउँदै मेयर शाक्यले कुनै ऐतिहासिक सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्न खोज्दा पूर्वाग्रह राखेर विरोध हुने गरेको दावी गर्नुभयो । ‘कुनै सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्न खोज्दा विना कुनै जानकारी, अध्ययन विरोध गरेर रोक्ने गरिन्छ । यसबाट नोकसानी कसलाई हुन्छ ? हामी विरोध गरेर बस्नुभन्दा अहिले काठमाडौंको विकासमा लागौं न’ शाक्यले भन्नुभयो । रत्नपार्कमा गणेशमान सिंहको शालिक राखेकै समूहले शंखधरको शालिक राख्दा विरोध गरेको भन्दै शाक्यले राजनीतिक पूर्वाग्रहबाट माथि उठेर समुदायको स्वार्थमा लाग्न आग्रह गर्नुभयो ।

त्यसैगरी नेवार आन्दोलनका अगुवा डा. महेशमान श्रेष्ठले कथित विकासको नाममा काठमाडौं उपत्यकामा नेवार समुदायलाई विस्थापित गर्ने काम भइरहेको बताउनुभयो । मेगा सिटी, स्मार्ट सिटीको नाममा नेवारलाइृ अल्पमतमा पार्ने र हरेक क्षेत्रबाट नेवारलाई विस्थापित गर्न खोजिरहेको श्रेष्ठको दावी थियो । ‘अब मेगा सिटीको नाममा उपत्यकाको जनसंख्या एक करोड पु¥याइनेछ । एक करोडमा नेवारको संख्या ७ प्रतिशत हुनेछ र अल्पमतलाई बहुमतले शासन गर्न खोजिनेछ’ श्रेष्ठको भनाई थियो । आदिवासी अधिकारबारे सचेत हुन श्रेष्ठले नेवार समुदायलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा जातिय महासंघका अध्यक्ष मनोज नेवाः खड्गीले ‘नेवाःको भविष्य’ विषयमा महासंघको अवधारणा प्रस्तुत गर्नुभएको थियो । ५ पृष्ठको सो अवधारणा पत्रमा राज्यले नेवाः समुदायको भाषा र संस्कृतिपछि अब भूमि पनि खोस्न खोजेको दावी गरिएको छ । आफ्नो भाषा, संस्कृति र भूमिको संरक्षण गर्दै राजनैतीक रुपमा पनि सचेत भएर नेतृत्व लिन अघि बढ्न अध्यक्ष खड्गीले आग्रह गर्नुभयो ।

गोष्ठीबाट समुदायमा विद्यमान समस्याको पहिचान गर्दै आउने दिनहरुमा पनि समुदायबीच छलफल, अन्तरक्रिया गर्दै समस्याको समाधानमा लाग्ने जानकारी खड्गीले दिनुभयो । ‘हामी समस्याको मात्र कुरा गर्दैनौं । यो गोष्ठी शुरुवाती पाइला हो, हामी यसरी नै छलफल गर्दै जानेछौं र आउने दिनहरुमा समस्याको समाधानतिर लाग्नेछौं’ खड्गीले भन्नुभयो ।

महासंघका उपाध्यक्ष न्हुछेँकाजी महर्जनले अवसरको सदुपयोगमा नेवार समुदाय धेरै ठाउँमा चुकेको विचार राख्नुभयो । लहलहैमा लागेर विरोध गर्ने प्रवृत्ती निकै रहेको भन्दै उपाध्यक्ष महर्जनले अवसरको खोजी पनि गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले सबै राजनीतिक पार्टीका नेवार नेता, कार्यकर्ताहरुले मोर्चावन्दी नै गर्दै समुदायको विकास र हितमा लाग्नुपर्ने सुझाव राखेका थिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता