मेट्रो संवाददाता
२० फागुन २०७८ २०:१५

काठमाडाैं महानगरपालिकाकाे पुरातात्विक स्थल भाेताहितिमा अन्नपूर्ण देवी (असं भलु अजिमा) को गरगहणा मूर्तिहरू तथा बाजागाजा र अन्य सामग्रीकाे सुरक्षा र गुथिका दैनिक कार्य व्यवस्थापनकाे लागि प्रयाेग हुँदैगरेकाे देवघरकाे पुनर्निर्माण हुने भएकाे छ ।
काठमाडौं महानगरको वडा २७ स्थित साे देवघरकाे शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले स्थानीय र अतिथिहरूकाे बीच शिलान्यास गर्नुभयाे ।
उपभोक्ता मोडलअन्तर्गत काठमाडौं महानगरपालिकाले मुर्त तथा अमुर्त सम्पदाको पुनर्निर्माण तथा संरक्षण गर्दै आइरहेको छ ।

सांस्कृतिक सम्पदाहरुको मर्मत सम्भार र पुननिर्माणका लागि गुठीयारको स्रोतले नपुग्ने देखेपछि राज्यकातर्फबाट महानगरले सहयोग गर्न थालेकाे बताउँदै मेयर शाक्यले भन्नुभयाे, ‘हामीले सम्पदा पुननिर्माण गर्न लगानी गर्छौं भनिरहँदा सांस्कृतिक संरचना आफैँ लिन्छ भनेर भ्रम फैलाइयो ।’
‘पुननिर्माण गरेर सञ्चालन व्यवस्थापनका लागि सम्बन्धित गुठीयारलाई नै जिम्मा लगाउँदै आएकाे प्रत्यक्ष रूपमा देखेपछि अहिले कुरा बुझ्दै हुनुहुन्छ । त्यसैले मागको चाप पनि बढेको छ’, मेयर शाक्यले बताउनुभयाे ।
सम्पदा पुननिर्माण गर्न आफूले लगानी गर्न खोजेर पनि काम गर्न नपाएको प्रसङ्गमा मेयर शाक्यले यिता चपाः (सामुदायिक हल) को उदाहरण दिनुभयो । ‘हामीले कोविड आएपछि मात्र आइसोलेसनको कुरालाई महत्व दियौँ । तर, नेपाल मण्डलमा बाहिरबाट आउने जानेले आइसोलेसनमा बस्ने परम्परा पहिले देखि थियो । यिटा चपा यसको जीवन्त प्रमाण हो ।’
‘हामीले यसको पुननिर्माण गर्न चाह्यौँ तर गुठी संस्थान न आफूले बनायो न हामीलाई बनाउन सहमति दियो । त्यसैले अहिले महत्वपूर्ण ठाउँमा भएर पनि वेवारिसे जस्तो भएको छ’, मेयर शाक्यले भन्नुभयाे ।

शिलान्यासपश्चात पत्रकारहरूसँगकाे कुराकानीमा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले तहगत सरकारका जिम्मेवारीमध्ये संस्कृति, सम्पदा, भाषा, कला, साहित्य बचाउने जिम्मा स्थानीय सरकारकै हो भन्नुभयो ।

‘हामीले सम्पदा बचाउन लिएको नीति कार्यान्वयन भएको छ । यसका परिणामहरु आउनेछन् । बाँकी रहेका सम्पदा बचाउनु र नासिएकालाई पुनस्र्थापना गर्नुलाई हामीले जिम्मेवारीका रुपमा लिएर काम गरिरहेका छौँ’, उपमेयर श्रेष्ठले भन्नुभयाे ।
त्यस्तै कुराकानीकाे क्रममा वडाध्यक्ष चिनियाँमान बज्राचार्यले भित्री सहरी क्षेत्रमा काठमाडौँको मौलिक परम्परासँग जोडिएका बस्ती छन् । भौतिक संरचना छन् । तिनलाई जोगाउनु प्रमुख जिम्मेवारी भएकाे बताउनुभयाे ।

‘जीर्ण भएर बनाउनु पर्ने अवस्थामा पुगेका सबैजसोमा काम थालिएको छ । कतिपयको पुननिर्माण सकिएको छ भने कतिपय निर्माण सम्पन्नताको चरणमा छन्’, वडाध्यक्ष बज्राचार्यले बताउनुभयाे ।
असं भलु अजिमासँग सम्बन्धित धार्मिक सांस्कृतिक गतिविधिहरु ज्यापू, तुलाधर, शाक्य र बज्राचार्यले सञ्चालन गर्छन् ।
देवघरको पुननिर्माण अन्नपूर्ण द्यः छेँ उपभोक्ता समितिले गर्नेछ । समितिका अध्यक्ष रमेश महर्जनकाअनुसार देव घरको पुननिर्माण २०७९ पुस मसान्तसम्ममा सक्ने लक्ष्य छ । २ आना २ दाम जग्गामा निर्माण हुने भवन ४ तलाको हुनेछ ।

यसको पुननिर्माणका लागि महानगरले करिब ७६ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसमा जनसहभागिता थपिनेछ । महर्जनकाअनुसार नेपाल संवत ९३१ मा देवघर पुननिर्माण भएको शिलापत्र पाइएको छ । यसको निर्माण कहिले भएको हो, मिति पाउन सकिएको छैन ।
यस देव घरमा असन चोकमा रहेकी अन्नपूर्ण अजिमाका गरगहना, देवीको जात्रामा निकालिने मूर्तिहरु, त्यससँग सम्बन्धित बाजागाजा र सामग्री राख्ने गरिन्छ । यस्तै बाजा प्रशिक्षण, सम्बन्धित गुठीयारहरुको बैठकलगायतका काममा घरको प्रयोग हुने गरेको छ । महानगरले यसको पुननिर्माणका लागि पहिले नै प्रयास गरेको थियो । गुठीयारबीच भएको मतभेदका कारण काम अघि बढ्न सकेको थिएन ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


