धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्क राई विजयी

मेट्रो संवाददाता

८ जेठ २०७९ २३:४९

धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी हुनुभएको छ ।

चार हजार ७६२ मतान्तरसहित उहाँ प्रमुखमा विजयी हुनुभएको हो । स्वतन्त्र उम्मेदवार राईले २० हजार ८२१ मत पाउँदा उहाँका प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गर्नुभयो । उहाँ लौरो चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिनुभएको थियो ।

नेकपा (एमाले)का मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गर्नुभयो । प्रमुखमा विजयी राईले २०७५ सालको उपनिर्वाचनमा ४२२ मत प्राप्त गर्नुभएको थियो । उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित हुनुभएको छ ।

प्रतिद्वन्द्वी नेकपा (एमाले)का पदमप्रसाद लिम्बूले १७ हजार ६०६ मत प्राप्त गर्नुभयो । बीस वडा रहेको धरान उपमहानगरमा वडा नं १, ३, ९, ११, १६, १८ र २० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नं २, ४, ५, ७, ८, १०, १२, १३, १५, १७ र १९ मा एमाले, वडा नं ६ मा स्वतन्त्र तथा वडा नं १४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता