सिथिनख: (कुमार षष्ठी ) पर्व

सिथिनख: (कुमार षष्ठी ) पर्व

मेट्रो संवाददाता

२२ जेठ २०७९ १२:३७

जेष्ठ कृष्णपक्ष चतुर्दशीको दिन कुलदेवताको पीठमा बिशेष शक्ति साधना गरी जेष्ठ शुक्लपक्ष षष्ठीको दिन सिथिनख: पर्व मनाउने गरिन्छ ।

यो पर्व महादेव र पार्वती पुत्र कुमारको जन्मदिन षष्ठीको दिनमा परेको हुनाले कुमार षष्ठीको रुपमा बिशेष पूजा गरेर, सबै मिलेर भोज खाएर उत्सब मनाउन जात्रा गर्ने चलन हो ।

संस्कृतिबिद्हरु षष्ठीको अपभ्रंश भएर सिथि भएको भन्दछन् । त्यस्कारण षष्ठी नख:बाट सिथिनख: भएको हो भन्दछन् ।

नेवाः समाजमा प्रथम पूज्य भनेर दुबै गणेश र कुमार कार्तिकेयलाई मान्दछन् । गणेशजीको प्रथम पूजा कुनैपनि कार्यमा बिध्नबाधा नपरोस भनेर गरेको पाईन्छ । कुमार कार्तिकेयको प्रथम पूजा काम कार्य सफल पार्न र पूजा समेत सुचारू रुपले संचालन होस् भनेर गरिन्छ ।

नेवाः समाजमा कुमार कार्तिकेयको लागि आफ्नाे घरको मूल ढोकाको सामुन्ने पिखाःलखु स्थापना गरेर कुमारको वास त्यही स्थानमा होस् भनेर पूजा गर्दछन् ।

पहिले जलबायु बिभाग थिएन । मौसमको जानकारी दिने संस्था थिएनन् । सिथिनख:देखि नै मनसून अर्थात् वर्षा शुरुआत हुन्छ भन्ने संकेत वा सूचनाको रुपमा लिएर धान रोपाईको कामको थालनी गर्दथे ।

सिथिनख: आएपछि पानी पर्छ भन्ने सबैको मुखबाट सुन्न पाईन्थ्यो । कृषकहरु यसैको खुशियालि मा सिथिनख : पर्व मनाएर आफुलाइ तैयार राख्दथे। पुरानो जमानामा सिथिनख: पर्व नआई वर्षा शुरु हुंदैन भन्ने चलन थियो ।

सिथिनख:लाई वर्षाको आरम्भकाल भन्ने मान्यता भएकाेले कृषकहरुको लागि याे पर्व धेरै नै महत्वपूर्ण मानिन्थ्यो । याे पर्वले धानबाली रोपाई गर्ने वर्षा ऋृतु शुरू भयो भन्ने संकेत दिन्छ । कृषकहरुको लागि धानबाली मुख्य बाली भएको र सालभर को खाद्यान्न उत्पादन गर्ने मौसम आएको हो ।

धान खेती धेरै मेहनत र परिश्रम युक्त खेती भएकाे किसानहरु कुलदेवताको पूजा गरेर शक्ति प्राप्त गर्न र सिथिनख:मा शरीरमा तागत उत्पन्न गराउने बारा, चतांमरि, मालपुवा र पकवान खाएर तागत पाउने बिश्वाश राख्दछन् ।

सिथिनख:पछि पनि पानी परेन वा वर्षा शुरु भएन भने कृषकहरु मिलेर झ्याली बजाएर समूहगत रुपमा देवी देवताहरुको मन्दिर मन्दिर घुमेर पानी माग्ने गर्दथे । त्यस्मा पनि खास गरेर सिथिद्य: र महादेवसँग विशेष नाम नै पुकारेर पानी माग्न निस्कने गर्दथे । पोखरीमा शान्ति स्वस्ति पूजा गर्ने चलन थियो ।

यसदिन विशेष गरी ६ प्रकारको बाराको परिकारहरु र चतांमरिको परिकारहरु तयार गरेर चढाउने भगवानलाइ चढाइन्छ । जस्मा मासको बारा, मूँगको बारा, केराउको बारा , चनाको बारा, भटमासको बारा र चतांमरीकाे पनि बारा बनाउने चलन छ ।

सिथिनख: पर्व मनाएपछि कृषकहरु धान रोपाई को काममा लाग्नु पर्ने हुनाले सिथिनख: पर्व मनाउनु भन्दा पहिले नै फुर्सद निकालेर पूरै घर सरसफाइ , लिपपोत गरी , ढुंगेधारा , ईनारहरु ,पोखरी , कुवा , पानीको मुहान , धारा र ढल सबै सफा गर्ने दोस्रो महत्वपूर्ण कार्य टोलटोलमा टोलछिमेकिहरु मिलेर , घरघरमा घरपरिवारहरु मिलेर, र समाजसमाज मा सबै मिलेर सरसफाइ गर्दछन् र बाताबरण लाई स्वच्छ राख्दछन् ।

सिथिनख: पर्वमा सरसफाइ गर्ने प्रचलन बनाउन यक्ष मल्लको कालमा कानुन समेत बनाएर सरसफाइ गर्न बाध्य बनाएको थियो । खासमा यो पहिलेको जमानाको बाताबरण संरक्षण दिन हो ।

सिथिनख: को पूजामा बालेको बत्ती को लक्षण हेरेर त्यस्बेलाका द्योपाला र आचाजुहरुले त्यस बर्षा ऋतुको दिन दशा कस्तो होला भन्ने गर्दथे । आचाजुहरुलाई यस्ले कुनै संकेत दिएको भएर सिथिनख: को सिथिद्य पूजामा बिशेष ध्यान दिएर पूजा गरेको देखिन्थ्यो । जस्ले गर्दा सबै कुराहरु ठिक होस भन्ने कामना गरेको देखिन्थ्यो । द्योपालाहरु पनि बत्ती बलेको लक्षणबाट के संकेत आएको भनेर सिथिद्य को आराधना गरेको देखिन्थ्यो ।

आज आएर त्यो सबै चलनहरु हराएको जस्तो देखिन्छ ।सबै मौसम बिभागको मौसमी खबरमा भर पर्दछन् । तर पनि केही बुढापाकाहरु आआफ्नु खुशि र आआफुलाई सान्त्वना दिन बत्तीको लक्षणको बारेमा आज पनि चर्चा गरिरहेको पाईन्छ ।

धार्मिक हिसाबले सिथिनख: धेरै महत्वपूर्ण पर्वको रुपमा हेरिन्छ। नेवा दर्शन र सिद्धान्त यस्मा आधारित भएको देखिन्छ।

नेवा संस्कृति मा कुमार कार्तिकेय को ठूलो महत्व छ । भनिन्छ नेवार दर्शन को संघर्षमय जीवन मा सफलताका साथ जिउन सक्षम हुने सिद्धान्त कुमार कार्तिकेय को संघर्षमय जीवन को सोंच बाट नै आएको हो ।

सिथिनख पर्वमा पाेसिलाे पदार्थ खाएर सिनाज्या ( धानको रोपाईंको ) को काम समयमा सिध्याउन शारीरिक बल र शक्ति प्राप्त गर्ने भनाइ यथावत रहेकाे पाइन्छ । यस दिनमा कुलदेवताकाे पूजा गरी चेलिबेटिहरुलाई बाेलाइ ख्वाउने गरिन्छ ।

यो पर्वपछि धान रोपाई नसिद्धिएसम्म कुनै चाडपर्बहरु आउँदैन। सबै किसानहरू रापाइँ नसकुञ्जेलसम्मलाइ धिमेबाजा नबजाउने गरी थन्क्याइन्छ भने अबधिभर धिमेबाजा र भुस्या बजाउन नहुने मान्यता समेत रहिआएको छ ।

धान रोपाईको सफलतामा आउने चाडबाड कसरि मनाउने आधारित हुन्छ । धानबाली राम्राे भएमा सबै चाडपर्व राम्ररी मनाइन्छ नभए करकापले मात्र हुनजान्छ ।

यसरी सिथिनख: राम्रो संग मनाईएमा पानी राम्रो पर्दछ र धान रोपाई समयमा सम्पन्न भएर दशै तिहार राम्रो मनाउन पाउने बिश्वास राख्दछन् । तसर्थ सिथिनख:लाई नयॉ चाडपर्बहरु डाक्ने पर्वको रुपमा पनि लिईन्छ ।

यस सिथिनख: पर्वलाई राम्रोसँग मनाएमा सबै को कल्याण हुन्छ र सबै को राम्रो हुन्छ भन्ने मान्यता छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता