बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

मेट्रो संवाददाता

२२ असार २०८१ ६:३९

हेटौंडा, २१ असार । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारले एमालेको समर्थन गुमाउँदैछ। केन्द्रमा देखिएको राजनीतिक परिवर्तनसँगै एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार, आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्ता गर्ने र मन्त्रीहरूले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ। हाल थपलिया र मुख्यमन्त्री शालिकराम जम्कट्टेल दुबै काठमाडौंमा छन् र शुक्रबार हेटौंडा फर्किने तयारीमा छन्।

एमालेबाट बागमती प्रदेशमा पाँच जना मन्त्री रहेका छन्। मन्त्रीहरूको सूचीमा नेता थपलिया, रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ, र प्रकाश श्रेष्ठ रहेका छन्।

यो दोस्रो कार्यकालमा एमाले दोस्रो पटक सरकारबाट बाहिरिँदै छ। २०७९ पुस २५ मा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट दोस्रो कार्यकालको पहिलो सरकार गठन भएको थियो, जुन साढे दुई महिना मात्र टिक्यो। त्यसपछि २०७९ चैत १० मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा विश्वासको मत लिएका थिए।

२०८० फागुन २० मा फेरि माओवादीसँग एमालेको केन्द्रमा सत्ता साझेदारी भएपछि बागमतीमा एमाले चैत पहिलो साता सरकारमा समावेश भयो। यो गठबन्धन सरकार एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबाट बनेको थियो। तर, अहिलेको सरकार पनि लामो समय टिक्ने सम्भावना कम देखिएको छ।

यदि केन्द्रीय राजनीतिमा कुनै अप्रत्याशित परिवर्तन भएन भने, बागमतीमा चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बन्ने सम्भावना रहेको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता