साउनको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

मेट्रो संवाददाता

४ साउन २०८३ ९:००

काठमाडौं । साउन महिनाको पहिलो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य भीड लागेको छ। वर्षासमेत नभनी श्रद्धालुहरू बिहानैदेखि दर्शन र पूजाआराधनाका लागि पशुपति पुगेका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै दर्शनार्थीका लागि खुला गरिएको छ। दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन विशेष व्यवस्थापन गरिएको कोषले जनाएको छ।

दर्शन व्यवस्थापनमा कोषका कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संस्थाका स्वयंसेवक परिचालन गरिएको छ। श्रद्धालुका लागि चार वटा लामको व्यवस्था गरिएको छ भने प्राथमिक उपचारलगायत आवश्यक सेवा पनि उपलब्ध गराइएको छ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार मन्दिर बिहान ३ बजेदेखि बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहनेछ। विशेष पूजा भने बिहान ८ः३० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ।

पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका प्रमुख शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। साउनको पहिलो सोमबारका अवसरमा देशभरका शिव मन्दिरमा पूजा, दर्शन र जल अर्पण गर्ने श्रद्धालुको उल्लेख्य उपस्थिति रहेको छ।

साउनको पहिलो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको पहिलो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको उल्लेख्य भीड लागेको छ। वर्षासमेत नभनी श्रद्धालुहरू बिहानैदेखि...

४ साउन २०८३ ९:०० |मेट्रो संवाददाता

पीएल सिंहको प्रतिमा स्थापना, ‘इतिहास मेट्ने होइन, पुस्तान्तरण गर्ने अभियान’ : डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिका–१८ ले पूर्वमेयर स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह)को प्रतिमा तपिंताँ पार्कमा स्थापना गरेको छ। गत शनिबार...

३२ असार २०८३ ३:०१ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता