राष्ट्रिय सहमतिको सरकार गठनको लागि नयाँ रणनीति

राष्ट्रिय सहमतिको सरकार गठनको लागि नयाँ रणनीति

मेट्रो संवाददाता

१९ असार २०८१ ६:२९

काठमाडौँ, १८ असार: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले संविधान संशोधन र राजनीतिक स्थायित्वका लागि नयाँ रणनीति अघि सारिएको बताउनुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको प्रयास भइरहेको उल्लेख गर्नुभएको छ।

पोखरेलका अनुसार, संविधान संशोधन र कानुन निर्माणका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सहमति भएको छ। उहाँले कांग्रेसको समर्थनमा राष्ट्रिय सरकार गठन गरिने र अन्य दलहरुलाई पनि समावेश गरिने योजना रहेको जानकारी दिनुभएको छ। एमाले र कांग्रेसले मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्य राखेको बताइएको छ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता