महिला साहित्यकारहरूकाे रचनाकाे अनलाइन समिक्षा

महिला साहित्यकारहरूकाे रचनाकाे अनलाइन समिक्षा

मेट्रो संवाददाता

७ असार २०७७ २१:११

७ असार, काठमाडाैं ।

नेपालभाषा साहित्यका महिला कथाकारका १७ वटा कथाकाे समीक्षा कार्यक्रम शनिबार सम्पन्न भयाे ।

एक महिनादेखि हरेक शनिबार साँझ कथा अनलाइन बाचन गरिएका थिए । जसमा, डा. रिना तुलाधर, लोचनतारा तुलाधर, निजिरोस श्रेष्ठ, दिब्या ताम्रकार, रिता महर्जन, सुवर्ण केशरी चित्रकार, रिता देवी प्रधान जोशी, श्रीलक्ष्मी श्रेष्ठ, रेणु श्रेष्ठ, ईश्वरी मैया श्रेष्ठ, सरस्वती तुलाधर, प्रमिला सायमि, मन देवी ताम्राकार, मोति लक्ष्मी शाक्य, अर्चना शाक्य, सुनिता महर्जन व अमिर मैया रञ्जितले अनलाइनबाट कथा सुनाएका थिए ।

साहित्यकार नविन चित्रकार, समालोचक पूर्ण काजी ताम्राकार र प्राध्यापक प्रेमशान्ति तुलाधरले १७ वटा कथाकाे समिक्षा अनलाइन नै गरेका थिए ।

कथाकाे समिक्षाक्रममा साहित्यकार नविन चित्रकारले कथामा पात्र र स्थान उल्लेख भए कथा अझ स्तरीय हुने बताए ।

समालोचक ताम्राकारले कथामा पात्रकाे संवादमा ध्यान दिनुपर्नेमा जाेड दिए । पात्रले बाेल्दा उसकाे हैसियत, उमेरअनुसार कति र कसरी बाेल्न लगाउने बिचार गर्नुपर्ने बताए ।

प्राध्यापक तुलाधरले अाजकल कथाकाे विषयवस्तुमा महिला कथाकारहरूले नयाँ अायाम पस्केकाे र वर्तमान समयकाे परिस्थिति र समस्याकाे चित्रण गरेकाे देखिने बताए ।

हलिं नेवाः दबू, अमेरिका शाखाकाे अायाेजनमा भएकाे अनलाइन कथावाचन कार्यक्रमकाे संयाेजक तथा प्रस्तुती शिकागाे निवासी कथाकार केशर मान ताम्राकारले गरका थिए ।

बुखं : नेवाः सूचना केन्द्र, अमिर मैया रञ्जित

दरबारमार्गमा ‘उत्सव : इन द रिदम अफ द जात्रा’ चित्रकला प्रदर्शनी सुरु

🎨 दरबारमार्गमा सुरु भयो ‘उत्सव : इन द रिदम अफ द जात्रा’ चित्रकला प्रदर्शनी काठमाडौँ उपत्यकाका ऐतिहासिक बस्ती, जात्रा, धिमे...

८ साउन २०८३ २०:२८ |मेट्रो संवाददाता

टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी

♻️ टेकु फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा आउने काठमाडौँ महानगरपालिकाले टेकुमा निर्माण गरेको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरदेखि सञ्चालनमा ल्याउने...

८ साउन २०८३ १२:३० |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

दुई लाखभन्दा बढी अनलाइन बेटिङ एप र वेबसाइट बन्द

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा...

८ साउन २०८३ १०:४५ |मेट्रो संवाददाता